back

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई, को-को छन् प्रतिष्पर्धामा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया ढिलो हुदै गएको छ । गत कात्तिक ११ गते अर्थमन्त्रालयले सार्वजनिक सुचना जारी गरी बोर्डको अध्यक्ष नियुक्तिको लागि खुल्ला आवेदन माग गरेको थियो ।

१५ दिनको म्याद दिएर खुल्ला गरिएको आवेदनमा एक महिलासहित १२ जनाको आवेदन परेको थियो । आवेदन माग गरेपनि अर्थमन्त्रालयले अहिलेसम्म बोर्डको अध्यक्ष छान्ने प्रकृया सुरु गरेको छैन ।

अर्थमन्त्रालयका प्रबक्ता राजेश शाक्यका अनुसार अर्थमन्त्रालयमा बोर्डको अध्यक्ष नियुक्ती गर्नेबारे छलफल भइरहेको बताए । तर अर्थमन्त्रालयका एक उच्च अधिकारीका अनुसार बोर्डमा अध्यक्ष बनाउनका लागि अर्थमन्त्री आफैले चासो राखेपनि यसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको हस्तक्षेपका कारण विवाद आउदा बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा ढिलाई भएको हो ।

बोर्डको अध्यक्ष चुन्नको लागि अर्थमन्त्री जनार्दन शर्माले आयोगका उपाध्यक्ष पौडेलेको नेतृत्वमा एक समिति बनाएका थिए । सो समितिले कांग्रेसलाई ल्याउन खोजेको तर अर्थमन्त्रीले माओवादी निकटहरुलाई नै ल्याउनुपर्ने अडान राखेका कारण अध्यक्ष नियुक्तिमा ढिलाइ भएको ति अधिकारीले जानकारी दिए ।

आयोगको उपाध्यक्ष विश्व पौडेल मार्फत बोर्डमा आफ्नो मान्छे राख्न प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाको दवाव आउन थालेपछि अर्थमन्त्रीले बोर्डको अध्यक्ष नियुक्ति प्रकृया छल्ने गरेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

अर्थमन्त्रालय वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख रमेशकुमार केसी भने अर्थमन्त्रालय बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा नै रहेको दावी गर्छन् । उनका अनुसार आवेदन आइपुगेको र आवेदकहरुको बारेमा जानकारी लिनेकाम भइरहेकोले नियुक्ति प्रक्रिया रोकिएको नभएर निरन्तर प्रकृयामा नै रहेको छ ।

नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक डा.भिष्मराज ढुंगानाले बोडृका अध्यक्ष हुदा स्वार्थ बाझिने गरी आफ्नै छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेको भन्दै मन्त्रीपरिषद्को बैठकले उनलाई वर्खास्त गरेको थियो । ढुंगाना बर्खास्तपछि अर्थमन्त्रालयले बाँकी अवधिको अध्यक्ष हुनका लागि आवेदन माग गरेको थियो ।  माग गरिएको आवेदनमा १२ जनाले निवेदन दिएका छन् ।

अध्यक्षको लागि आवेदन दिनेहरुको नामावली
१. बोर्डका कार्यकारी निर्देशक निरज गिरी
२. बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी
३. कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्य
४. नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट
५.नेप्सेको पूर्व सीईओ सिताराम थपलिया
६. बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाँई
७. शेयर लगानीकर्ता तथा विश्लेषक डा. केशव प्रसाद श्रेष्ठ
८. चार्टड एकाउन्टेन्ट अनिल पौडेल
९. गैह्र आवासीय नेपाली रमेश हमाल
१०. धितोपत्र बोर्डको पूर्व कर्मचारी डा. जीवन अमगाई
११.प्रभु बैंकको पूर्व सञ्चालक अम्बिका शर्मा लामिछाने
१२.शेयर विश्लेषक तथा लगानीकर्ता हेमन्त बस्याल

आवेदन दिएका सवैजसो आवेदकहरुलाई आ–आफ्नो राजनैतिक पार्टीको साथ र समर्थन छ । आवेदन दिएकामध्ये माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एस समर्थित रहेका छन् ।
नेपाल स्टक एक्सचेन्जमा माओवादी केन्द्र समर्थित र नेपाल धितोपत्र सेवोनमा नेपाली कांग्रेस समर्थित व्यक्ति पठाउनका लागि अर्थमन्त्रालयमा ठूलो दवाव आएको बुझिएको छ ।

बोर्डको अध्यक्षको लागि आवेदन दिएकाहरुमध्ये सवैभन्दा प्रमूख दावेदार बीमा समितिका पुर्व अध्यक्ष चिरन्जवी चापागाई, धितोपत्र बोर्डका कायम मुकायम अध्यक्ष निरज गिरी र कर्मचारी सन्चय कोषका प्रमुख प्रशासक कृष्णप्रसाद आचार्य देखिएको छ ।

उनीहरुको शैक्षिक योग्यता, पार्टीसँगको निकटता र अनुभव पनि बोर्डका अध्यक्षको लागि पर्याप्त रहेको देखिन्छ । प्रमुख दावेदार तीनमध्ये गिरी नेपाली कांग्रेस निकट छन् । उनी यसपाली जसरी भएपनि अध्यक्ष हुने दाउमा रहेका छन् । बोर्डको अध्यक्षको कार्यकाल भनेको जम्मा ४ बर्षको हो । करिव २० महिना ढुंगानाले नै विताइसकेका छन्, बाँकी अवधिको लागि बन्ने अध्यक्षको लागि गिरी नै उपयुक्त हुन सक्ने अर्थमन्त्रालयका केही उच्च अधिकारीहरुको मत छ ।

त्यस्तै माधव नेपालसँग निकट सम्बन्ध रहेको तथा पुर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीका ज्वाई कृष्ण प्रसाद आचार्य पनि आफू अध्यक्ष हुनेमा ढुक्क छन् । उनी नेकपा एस निकट भएकोले पनि उनको नियुक्तीका लागि माधवकुमार नेपालले अर्थमन्त्रीलाई दवाव दिइरहेका छन् ।

त्यस्तै अर्का अध्यक्षका दावेदार चिरन्जीवी चापागाई पनि यसबर्ष आफू बोर्डको अध्यक्ष हुनेमा लगभग पक्का जस्तै देखिएका छन् । उनी पुर्व अर्थमन्त्री कृष्ण बहादुर महराका निकट मानिन्छन् । उनलाई महरा अर्थमन्त्री हुदा बीमा समितिको अध्यक्ष बनाएका थिए । उनले नेपाल राष्ट्रबैंकमा रहेर पनि काम गरिसकेका छन् । त्यस्तै उनी नियमनकारी निकायको भुमिकाको बारेमा राम्रो जानकार रहेका छन् ।

नेपाल धितोपत्र बोर्ड पनि नियमनकारी निकाय भएकोले कसरी बजारलाई नियमन गर्ने भन्ने राम्रो ज्ञान भएका चापागाई अध्यक्ष हुने सम्भावना प्रबल रहेको स्रोतको दावी छ ।

वि.सं.२०७८ मंसिर १४ मंगलवार १७:५१ मा प्रकाशित

You can share this post!

ADBL
मौरीपालनमा सफल रामकुमारी   

मौरीपालनमा सफल रामकुमारी   

वि.सं.२०८० जेठ २१ आइतवार १३:२१

डडुवा (म्याग्दी), २१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी...

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

वि.सं.२०८० जेठ २१ आइतवार १३:१५

नवलपुर, २१ जेठ ।  मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको...

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

वि.सं.२०८० जेठ २१ आइतवार १३:०४

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको...

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

वि.सं.२०८० जेठ २१ आइतवार १२:५४

काठमाडौँ, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक...

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

वि.सं.२०८० जेठ २१ आइतवार १२:४९

काठमाडौं, २१ जेठ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ...

भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध

भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध

वि.सं.२०८० जेठ २१ आइतवार १२:४१

काठमाडौं, २१ जेठ । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा...