back
NMB ad

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्नो सम्मानको सुचीमा अर्को एउटा विश्व प्रतिष्ठित पुरस्कार थपेको छ । जुन नेपाली बैँकिङ ईतिहासमै पहिलो पटक प्राप्त भएको पुरस्कार हो । बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकर को निर्णायक मण्डलले “दि बैंक अफ दि इयर एसिया २०२१” अवार्डको लागि एनएमबि बैँकलाई छनोट गरेको हो ।

चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको छ ।
एनएमबि बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक हो, जुन नेपालको बैंकिङ उद्योगकै लागि आफैंमा एउटा ऐतिहासिक उपलब्धि हो । यो सँग–सँगै एनएमबिले “द बैंक अफ द इयर २०२१” को अवार्ड पनि जितेको छ । एनएमबिको यो ५ वर्षमा चौँथो अवार्ड हो । द बैंकर म्यागजिन, लण्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएको सोही दिनमै एभरेष्ट होटलमा बुधवार आयोजित पत्रकार सम्मेलनमा अवार्डको घोषणा गरिएको हो ।

बैंकका अध्यक्षले, सञ्चालक समितिका सदस्यहरु तथा एनएमबिका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा सो उपाधि सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट समस्त बैंकिङ्ग क्षेत्रको तर्फबाट ग्रहण गर्नुभयो । उपाधिका लागि बैंकलाई बधाई दिँदै सम्माननीय प्रधानमन्त्रीले “दि बैंक अफ दि इयर एसिया २०२१” जस्तो विश्व–प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबि बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताउनुभयो ।
सन् २००० मा स्थापित “बैंक अफ द इयर अवार्ड” प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ ।

बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरू, र प्रतिकुल परिस्थितीको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।

दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैली प्रति बैंकको प्रतिबद्धता जस्ता मानकहरुले एनएमबिले यो अवार्ड जितेको हो । बैंकले दिगो संगठनात्मक संरचनामा आफ्नो पहिचान बनाएको छ र यसैले यसलाई यो प्रतिष्ठित पुरस्कारको लागि योग्य विजेता बनाएको छ ।

बैँकको विकास प्रक्षेपण (growth trajectory)मा पनि उल्लेखनीय वृद्धि भएको छ जुन बैँकको लगातार वृद्धि भईरहेको ब्यालेन्स सिटले पुष्टि गर्छ । परम्परागत बैँकिङ भन्दा एक कदम अगाडि बढेर बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपाली बैंकिङ उद्योगमै पहिलोपल्ट स्थानीय ऋण–पत्र जारी गर्ने, विदेशी ऋण सम्झौता जारी गर्ने, बैंकिङ कारोबारको लागि ओम्नी च्यानलको प्रयोग गर्ने, भिडियो कल मार्फत KYC अपडेट गर्ने सुविधा ल्याउने र “एनएमबि सापटी” मार्फत २४ घण्टाभित्रै कागजी झन्झट बिना सापटी कर्जा प्रवाह गर्ने जस्ता नवीनतम सेवाहरु प्रदान गर्दै आइरहेको छ । यसको साथै बैँक पार्टनरशीप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (Partnership for Carbon Accounting Financials) को समिती सदस्य र ग्लोबल अलायन्स फर बैंकिङ अन भ्याल्युज (Global Alliance for Banking on Values -GABV) सदस्य बैंक पनि हो । बैंकको देशभरी २०१ शाखाहरु छन् जसले डिजिटल सेवा प्रवाह गर्ने क्षमता राख्दछन् ।

१. बैंक अफ दि इयर अवार्ड के हो ?

बैंक अफ दि इयर अवार्ड सन् १८८८ मा स्थापित विश्व प्रतिष्ठित दि फाइनान्सियल टाइम्स लण्डनद्वारा प्रकाशन गरिने दि बैंकर म्यागेजिनले हरेक वर्ष विश्वभरिका प्रत्येक राष्ट्रमा सञ्चालनमा रहेका बैंकहरु मध्ये एक सर्वोत्कृष्ट बैंक चयन गरि दिइने वित्तीय क्षेत्रको अन्तर्राष्ट्रिय सम्मान हो । सन् २००० बाट शुरु गरिएको बैंक अफ दि इयर अवार्ड प्रत्येक देशका सर्वोत्कृष्ट बैंक तथा यीनै सर्वोत्कृष्ट बैंकहरुमध्ये पश्चि यूरोप, मध्य तथा पूर्वी यूरोप, एसिया, अमेरिका महादेश, मध्य पूर्व तथा अफ्रिका गरि ६ विश्वव्यापि क्षेत्रहरुका १/१ बैंकहरु गरि ६ वटा बैंकलाई क्षेत्रिय स्तरको सर्वोत्कृष्ट बैंक र विश्वव्यापि विजेताको रुपमा १ सर्वोत्कृष्ट बैंकलाई मात्र प्रदान गरिन्छ ।
२. बैंक अफ दि इयरको छनौटको आधार के हो ?

बैंक अफ दि इयर उपाधि विजेता छनौटका आधार भनेका बैंकहरुको समग्र वित्तिय प्रदर्शन तथा वृद्धि, रणनैतिक पहलहरु, प्रविधिको सदुपयोग तथा डिजिटलाइजेशनको अग्रता, नवीन बैंकिङ्ग सुविधाहरुको विकास, दीगो बैंकिङ्गका पहलहरुका साथै नकारात्मक बाह्य चुनौतिहरुको सामना गर्न सक्ने लचिलो तथा दू्रत व्यवस्थापन जस्ता विभिन्न मूल्यांकन मापदण्डहरु हुन् ।
३. एनएमबि बैंकले यो ऐतिहासिक पुरस्कार जित्नुको आधार के हो ?

एनएमबि बैंकले यो उपाधि जित्नुको प्रमुख कारणहरु भनेका यस बैंकले विगतका वर्षहरुदेखि नै संस्थागत गर्दै गइरहेको दीगो बैंकिङ्गको अभ्यास, डिजिटल रुपान्तरण प्रतिका लागि प्रतिबद्धता तथा उच्च संस्थागत सुशासन हुन् । अर्थतन्त्रका वास्तविक क्षेत्र तथा हरित परियोजनाहरुमा गरेको लगानीका साथै दीगो तथा मूल्यमान्यतामा आधारित बैंकिङ्ग अभ्यासहरुप्रतिको समग्र प्रतिबद्धतालाई सम्मान गर्दै एनएमबि बैंकलाई यो उपाधि प्रदान गरिएको हो । यसका साथै डिजिटल रुपान्तरणका लागि बैंकको निरन्तर अभियान तथा बैंकिङ्ग क्षेत्रकै पहिलो डिजिटल सेवाहरुको शुरुवातले पनि उपाधि जीतमा महत्वपूर्ण योगदान गरेको छ । यो अवार्ड बैंकको सञ्चालक समितिको सन्तुलित संरचना तथा व्यवसायिक व्यवस्थापनको लागि गरिएको कदर पनि हो ।
४. बैंक अफ दि इयर एसियाका विगतका वर्षहरुमा को को विजेता भएका थिए ?

विगत ३ वर्षमा एसियाको सर्वोत्कृष्ट बैंकका रुपमा दक्षिण कोरियाको वुरी बैंक (कुल सम्पत्तिः ३०० अर्ब अमेरिकि डलर) , एग्रिकल्चरल बैंक अफ चाइना (कुल सम्पत्तिः ३,३०० अर्ब अमेरिकि डलर), डिबिएस बैंक सिंगापुर (कुल सम्पत्तिः ३५० अर्ब अमेरिकि डलर) जस्ता विश्वकै चर्चित बैंकहरु विजेता भएका थिए । एसिया क्षेत्र चीन, दक्षिण कोरिया, जापान, भारत, सिंगापुर जस्ता विश्वकै समृद्घ तथा वित्तीय क्षेत्रका अग्रणी राष्ट्रहरुको उपस्थिति भएको सबैभन्दा कडा प्रतिस्पर्धा हुने क्षेत्र हो ।

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...