काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य फेरि उच्च दरमा वृद्धि भएको छ । यो समाचार तयार गर्नेबेलासम्म कम्पनीको सेयर मूल्य ८.१२ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९७ रुपैयाँ २ पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ३ हजार ९५६ रुपैयाँ कायम भएको छ ।
यस्तै, यतिबेला सामलिङ पावर र न्यादी हाइड्रोपावरको सेयर मूल्यमा उछाल आएको छ । यी दुवै कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले अर्थात सर्किट लेभलमा वृद्धि भएको हो ।
वि.सं.२०७८ मंसिर १६ बिहीवार १३:०८ मा प्रकाशित