back
NMB ad

अवार्डले नेपाली बैंकमा विदेशी लगानी भित्रन मद्धत गर्छ

Kumari bank ad

 

सुनिल केसी

 प्रमूख कार्यकारी अधिकृत, एनएमबी बैंक

एनएमबी बैंकले गत डिसेम्वर–१ मा ‘बैंक अफ दि इयर –२०२१ एसिया प्यासिफिक‘ अवार्ड उचालेको छ । यो अवार्ड नेपालको बैकिङ इतिहासकै पहिलो अवार्ड हो । एसियामा विश्बकै अर्थतन्त्रमा दख्खल राख्ने मुलुकहरु चीन, भारत, सिंगापुर, थाइल्यान्ड, दक्षिण कोरिया, जापान जस्ता ४८ मुलुकहरु पर्दछन् । तर एनएमबी बैंकले ति मुलुकका बैंकहरुलाई पनि उछिनेर आफूलाई एसियामा नै अव्वल सावित गरेको छ । यसले नेपालको बैकिङ क्षेत्रमा सकारात्मक सन्देश गएको छ ।

सन् १९९५ अक्टोबरमा नेपाल मर्चेन्ट बैकिङ एन्ड फाइनान्सको रुपमा नेपाल राष्ट्र बैंकबाट ग बर्गको फाइनान्स कम्पनीको स्वीकृति पाएको एनएमबी बैंकले सन् २००८ मा आएर बाणिज्य बैंकको अनुमति पाएको थियो । आफूलाई बाणिज्य बैंकमा स्तरोन्नति गरेदेखि एनएमबीले बाणिज्य बैंकहरुको भिडमा छुट्टै पहिचान बनाउन कसरत गरिह्यो । सुरुमा कर्पोरेट बैकिङमा केन्द्रित रहेको बैंकले करिव ७ बर्षअघि आफूलाई विविधिकरण गर्दै लग्यो ।

उसले रिटेल बैैकिङतर्फ हात बढायो । पछिल्लो समयमा विश्व नै कोभिड १९ को महामारीबाट गुज्रिरहेको अवस्थामा एनएमबी बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राखेर निक्कै राम्रो काम गर्यो । ग्राहकहरु बैंकसम्म धाउनुपर्ने बाध्यलाई उन्मुक्ति दिदै पहिलो पटक ‘एनएमबी ओम्नी च्यानल’ नेपालमा नै पहिलो पटक भित्र्यायो । यो डिजिटल विन्डोले ग्राहकका लागि चाहिने सम्पुर्ण सेवाहरु दियो र दिइरहेको छ । अन्य बैंकहरु भन्दा फरक सोचाइका साथ काम गरेको एनएमबीले पछिल्लो समयमा सस्टेनेवल ग्रोथको क्षेत्रमा पनि काम गरिरहेका छ जसका कारण व्यालेन्ससिट एसियाका अन्य बैंकहरुको भन्दा कम भएपनि मौलिक इनोभेसज, इनोभेसनको कार्यान्वयन, डिजिटाइजेसन र सस्टेनेवलको क्षेत्रमा काम गरेकोले एनएमबी बैंकले एसियाको सर्वोत्कृष्ण बैंकको रुपमा अवार्ड उचालेको हो । यो सफलता कसरी प्राप्त भयो भनेर अर्थतन्त्रले एनएमबी बैंकका सिइओ सुनिल केसीसँग सोधेका थियौ । उनको जवाफको सारांशः

एनएमबी बैंक एसियाको सर्वोत्कृष्ट बैंक बनेको छ, यो सफलता कसरी प्राप्त भयो ?

यसको अलिकति व्याक ग्रान्डमा जाउ । हामीले गत सात बर्षदेखि बैंकलाई कर्पोरेट बैकिङबाट अन्यत्र मोड्यौ त्यसको उपलव्धि पनि यो हो । हामीले सन् २०१७ मा पहिलो पटक लन्डनमा नेपालको ‘बैंक अफ द इयर’ बन्दादेखि नै सपना भने बोकेका थियौ तर त्यसकै लागि भने काम गरेका थिएनौ । काम गर्ने क्रममा हामीले यो अवार्ड प्राप्त गरेका हौ । यसले थप उर्जा मिलेको छ ।
फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने द बैंकर म्यागाजिनले हरेक बर्ष विश्वभरका बैंकहरुबाट आवेदन मागेर बैंकहरुलाई पुरस्कृत गर्ने गर्दछ । हामीले पनि आवेदन खुलेको समयमा आफ्ना कामहरु उल्लेख गरेर आवेदन दिएका थियौ ।

हामीले इनोभेसनको रुपमा सन् २०२० मा सन्चालनमा ल्याएको ‘एनएमबी ओम्नी च्यानल’ले इनोभेसन र डिजिटाइजेसनको क्षेत्रमा राम्रो योगदान दियो । जसका कारण पनि हामीले अवार्ड प्राप्त गर्ने आधार बन्यो । त्यस्तै हामीले रिन्युएवल इनर्जीको क्षेत्रमा पनि काम गरेका छौ भने उर्जा क्षेत्रमा पहिलो पटक उर्जा बन्ड नै जारी गर्यौ जसका कारण हामीलाई अवार्डको लागि छनौट गर्न पनि थप सहज भयो ।

त्यस्तैगरी हामीले बैकिङ सिष्टमलाई नै बढी भन्दा बढी डिजिटलाइजेसनको रुममा रुपान्तरण गर्दै लग्यौ । हामीले अनलाईनबाट नै केवाइसी अवडेट गर्न सकिने, कर्जा लिने सकिने देखि कर्जा स्वीकृति समेत डिजिटल माध्यमबाट नै गर्ने काम गरिरहेका छौ । जसले गर्दा हाम्रो बैंक छनौट गर्ने थप आधार तयार भएको भन्ने मेरो बुझाइ छ । त्यस्तै हामीले उर्जा, कृषि क्षेत्रमा काम गरेसँगै एसएमईज क्षेत्रमा धेरै नै काम गर्यौ ।

४५ हजार ग्राहक हाम्रा साना एसएमईजहरु छन् जसले गर्दा जोखिमको पाटो कम भएर बैंक सुरक्षित हुन पुग्यो। त्यस्तै हामीले विदेशी पुँजी ल्याएर नेपालमा राम्रो काम गरेका छौ भने उनीहरुसँगको कनेक्टीभिटि पनि राम्रो रह्यो, त्यस्तै डिजिटल लिट्रेसीमा पनि काम गरेका थियौ भने कोरोनाको समयमा हामीले विजनेश मोडलाई नै ट्रान्सफर्म गरेर सस्टेनेवल ग्रोथ गरेका थियौ जसले हामी एसियामा सर्वोत्कृष्ट बन्न थप मद्धत पुगेको मेरो बुझाइ छ ।

कोरोनाको समयमा हामीले सस्टेनेवल ग्रोथ गरेका थियौ भन्नु भएको छ, त्यो त अरु बैंकले पनि गरेका थिएनी हैन र ?

अरु बैंकहरुले गरेको काम र हामीले गरेको विजनेश मोडल नै फरक भयो। हामीले कोरोनाको समयमा बैंकलाई पुर्ण डिसिजटाइजेसन गर्यौ । जसले ग्राहकहरुले घरमा बसेर नै कर्जा तथा बचतका सम्पुर्ण कामहरु गर्न सके । स-साना कर्जाहरुको लागि पनि बैंकमा नै उपस्थिति हुनुपर्ने झन्झटबाट ग्राहकहरुलाई मुक्ति मिल्यो । त्यस्तै तरलताको अभाव हुदा पनि हामीले विदेशी बैंकहरुसँग मिलेर लगानी भित्र्यायौ । विदेशी बैंकहरु जस्तै डिएफआइडी जस्तासँग सहकार्य गरेर नेपालको अर्थतन्त्रलाई सपोट गरिरहेका छौ ।

कोरोनाको समयमा पनि व्यवसायलाई विविधिकरण गर्दै बैंकमा जोखिम न्युनकिरण गर्नुका साथै ठूलो स्केलमा एसएमइजहरुमा कर्जा प्रबाह हुदा उनीहरुको जीवनस्तर माथि उठाउनका लागि पनि बैंकले काम गर्यो । त्यस्तै कोरोनाको समयमा हामीले सामाजिक सन्जालबाट नै एकाउन्ट खोल्न सक्ने, इन्टरनेटबाट नै खाता खोल्न,बन्द गर्न कर्जा माग गर्न, के वाइसी भर्न जस्ता स–साना तर ठूलो इम्प्याक्ट पार्ने काम गरेका थियौ । त्यस्तै पहिलो पटक नेपालमा ओम्नी च्यानल भित्र्यौ जुन अन्य बैंकहरुको भन्दा धेरै फरक प्रविधि थियो ।

फाइनासियल टाइम्सले द बैंकर अवार्ड दिनका लागि के के मापदन्ड बनाएको थियो ?

मापदन्ड व्यालेन्सिटको थिएन । यदी त्यो भएको भए त भारत चिनका ठूला बैंकहरुको व्यालेन्सिट धेरै हुन्थ्यो र उनीहरु नै पुरस्किृत हुनेथिए । द बैंकरले कसरी पुरस्किृत गरिन्छ भनेर विस्तृत रुपमा आफ्नो वेव साइटमा नै राखेको छ ।

विषेषगरी उसले मौलिक इनोभेसन, त्यसको कार्यान्वयन, डिजिटलाइजेसन र बैंकले संयुक्त राष्ट्र संघले सन् २०३० सम्ममा प्राप्त गर्ने गरी तोकेको दिगो विकास लक्ष्य प्राप्तिका लागि राखेको बुदाहरुमा कत्तिको काम गरेको छ ? भनेर हेर्छ । त्यस्तै बैंकको अल्पकालीन र दीर्घकालिन योजना र त्यसको कार्यान्वयनको अवस्थालाई हेर्छ । कोभिड–१९ को समयमा बैंकले कस्तो भुमिका निर्वाह गर्यो र जनताले त्यसको फाइदा कसरी उठाए भन्ने कुरालाई पनि महत्वपुर्ण रुपमा हेर्छ भने बैंकले आफ्नो ठाउँबाट समग्र देशको दिगो आर्थिक विकासको लागि कस्तो भुमिका निर्वाह गरेको छ भनेर पनि हेर्ने गरेको छ ।

त्यस्तै बैंकको कुनैपनि परियोजनाको कार्यान्वयनको दुष्टिकोण र सफल कार्यान्वयनको प्रमाण, सफल परिणामहरु दोहोर्याउने क्षमता, छोटो अवधि र दीर्घकालिन दुवै लाभहरु हुने खालका प्रोजेक्टहरु स्पष्ट रुपरेखा हुनुपर्छ । त्यस्तै बैंकले आएका र आउनेसक्ने समस्याहरुको समाधान गर्ने तरिका परियोजना कार्यान्वयनका लागि दिगो दृष्टिकोणलाई बढी प्राथमिकतामा राख्छ । जुन हामीले विगत ५/७ बर्षदेखि गर्दै आएका छौ ।

यो अवार्डले नेपाली बैंकहरुमा कस्तो तरंग पैदा गर्छ ?

यो अवार्ड नेपाली बैकिङ क्षेत्रको ‘ओस्कार’ अवार्ड जस्तै हो। यसले नेपाली बैंकहरुमा इनोभेसन, डिजिटाइजेसन र दिगो विकासको लागि बैंकको भुमिका महत्वपुर्ण पाटो रहको बोध गराउँनुका साथै बैंकहरुमा सकारात्मक उर्जा पनि भर्छ । नेपाली बैंकले पनि एसिया क्षेत्रलाई लिड गर्न सक्छौ भन्ने एनएमबी बैंकले अवार्ड पाएसँग प्रमाणित गरेको छ । त्यसैले नेपालीहरुमा पनि बैकिङ क्षेत्रप्रति थप आशा, विश्वास र भरोसा पलाएको छ । साथै अन्तराष्ट्रिय क्षेत्रमा पनि नेपाली बैंकिङ क्षेत्रप्रति हेर्ने दृष्टिकोण बदलेको छ । यो अवार्डले समग्र नेपाली बैकिङ क्षेत्रमा नै आत्मविश्वास पलाएको छ । यो अवार्डले विश्वभरी सकारात्मक सन्देश जाने हुनाले नेपालको रेटिङ नभएपनि बैदेशिक लगानी बैकिङ क्षेत्रमा भित्रन सक्छ ।

बैदेशिक लगानी बैकिङ क्षेत्रमा भित्रन सम्भव छ ?

यो अवार्ड पाएसँगै नेपालको बैंकले पनि एसिया प्रशान्तमा क्षेत्रस्तमा नै सर्वोत्कृष्ट बैंक बन्न सक्यो भनेर अफिसियल रेकर्ड हुन्छ । त्यो सन्देश विश्वभर नै फैलने हुदा नेपाली बैंकप्रतिको अन्तराष्ट्रिय क्षेत्रको हेर्ने दृष्टिकोण नै बदलिन्छ । नेपालको बैकिङ क्षेत्रसँग कतिसम्मको पहुच र काम गर्ने क्षमता रहेको छ भन्ने कुरा विश्वका बैकिङ क्षेत्रले नै जान्ने अवसर पाएको छ । जसका कारण विदेशी बैंकहरु नेपाली बैंकहरुसँग काम गर्न इच्छुक हुन्छन् र बैकिङ क्षेत्रमा लगानी भित्रन्छ भन्ने मेरो सोच हो ।

नेपालमा विदेशी लगानी भित्रनका लागि हेजिङको ठूलो समस्या छ भनिन्छ नी ?

समस्या त छ । तर समस्या छ भन्दैमा हात बाधेर बस्ने होइन । सकेसम्म विदेशी लगानी भित्र्याउनका लागि पहल गर्नुपर्छ । जवसम्म नेपाली बैकिङ क्षेत्र ग्लोवल्ली रुपमा अगाडी बढ्न सक्दैन तवसम्म नेपाली मुद्रा ग्लोवल्ली चल्न सक्दैन । ग्लोवल मार्केटमा छिर्नुपर्छ । समस्यालाई केश टु केश हेर्दै समाधान गर्दै जाने हो । हो हेजिङको समस्या समाधान भएन भने काम गर्न कठिन नै हुन्छ ,तर बैकल्पिक बाटो पनि अपनाउनु जरुरी रहेको छ ।

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १४:०६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...