back
NMB ad

हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द

Kumari bank ad

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम सिमकोटदेखि अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा बिहीबारदेखि अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जिल्लामा बिहीबार बिहानदेखि हिमपात र वर्षा भएसँगै हवाई यातायात बन्द हुन पुगेको छ ।

खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएपछि सिमकोटमा दैनिक उपाभोग्य वस्तु भित्रिएको छैन् । दुई दिन लगातार सिमकोटमा पानी परिरहेका कारण हवाई सेवा अवरुद्ध हुनुका साथै खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्री ढुवान हुन नसकेको हो । यस्तै जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् भने जिल्ला बाहिर नेपालगञ्जबाट हुम्ला पुग्ने यात्रु उतै रोकिएका हुन् ।

सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्न समस्या बनाएको छ । सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा बिहीबारदेखि निरन्तर पानी परिरहेको छ भने उत्तरी हुम्लामा हिमपात भइरहेको छ ।

मौसममा फेरबदल आउँदा सिमकोटमा चिसो बढेको हो । चिसोका कारण कमै मात्र सेवाग्राही सेवा लिन आएको सनलाइफ इन्सोरेन्सका कर्मचारी धनबहादुर भण्डारीले बताए । हिमपात र वर्षाका कारण यस वर्ष हुम्लामा चिसो अत्यधिक बढेको छ । उत्तरी हुम्लामा हिमपातले विकास निर्माणका कार्यसमेत प्रभावित भएका छन् । हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ ।

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १६:१४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...