back
NMB ad

ज्ञानमा आधारित अर्थतन्त्र विकास र एसियाली अनुभव

Kumari bank ad

सन् १९६० को दशकमा फिलिपिन्सको अर्थतन्त्रको आकार, कुल गार्हस्थ उत्पादन (जीडीपी) मा एसियाकै जापानपछिको दोस्रो थियो भने कोरियाभन्दा बढी थियो । ४० वर्षअघिसम्म नेपालको अवस्था धेरै फरक थिएन तर, अहिले धेरै फरक छ । कमजोर सुशासन, भ्रष्टाचार र गुटबन्दी यसको प्रमुख कारण देखिन्छ । एसियाली अरू राष्ट्रहरू ४० वर्षमा कसरी विकसित हुँदै गए र नेपालको अवस्था कमजोर किन भनेर विश्लेषण गर्नुपर्छ । नेपाल सरकार, प्राज्ञिक क्षेत्र र एसियाली विकास बैक (एडीबी) मा बसेर झन्डै ४५ वर्ष काम गर्दाको अनुभवले के भन्छ भने अब नेपाल ज्ञानमा आधारित अर्थतन्त्रको विकासमा जानैपर्छ । नेपालले एसियाली राष्ट्रहरूको सफल अनुभवबाट पाठ सिकेर यसलाई अवलम्बन गर्दै आर्थिक विकासमा फड्को मार्नुपर्छ । यसका लागि विकासप्रतिको बुझाइ, सोचाइ र गराइमा परिवर्तन गर्नु आवश्यक छ ।

एसियाको विकास र चरणहरू

पछिल्लो चार दशकको एसियाली राष्ट्रहरूको विकासलाई हेर्ने हो पाँच चरणलाई विश्लेषण गर्नुपर्ने हुन्छ । पहिलो चरणमा नेपाललगायतका देशहरूको कृषि क्षेत्रको विकास र विस्तारको अवस्था हेर्नुपर्ने हुन्छ । दोस्रो चरणमा कम्बोडियाजस्ता देशले सामान्य उत्पादनमूलक उद्योगमा गरेको विकासलाई हेर्नुपर्छ ।

तेस्रो चरणमा थाइल्यान्ड, भियतनामलगायतका देशले मूल्य शं ृखला निर्माण, साना तथा मझौला उद्योगका साथै वैदेशिक लगानी (एफडीआई) मा गरेको प्रगतिको विश्लेषण गर्नुपर्ने हुन्छ । अर्को चरण भनेको उच्च प्राविधिक उद्योग र उत्पादन नै हो । जापान, कोरिया र अहिले चीनले यस क्षेत्रमा गरेको प्रगतिको गतिलाई पनि हेर्नुपर्ने हुन्छ । कोरिया, जापान, सिंगापुर, ताइवानजस्ता आर्थिक सहकार्य तथा विकास संगठन (ओईसीडी) देशहरूले प्रविधि, नवीनता र रचनात्मकता क्षेत्रमा गरेको विकासलाई हेर्नुपर्छ । विशेषगरी ज्ञानमा आधारित यस्तो अर्थतन्त्र विकासका लागि उनीहरूले राम्रो प्रगति गरिरहेका छन् । नेपालले जाने बाटो पनि यही हो । ज्ञानमा आधारित अर्थतन्त्र विकासका लागि अग्रसर हुनैपर्छ ।

विभिन्न देशहरूको अनुभव

एसियाली देशहरूको कुल गार्हस्थ उत्पादन (जीडीपी) को तथ्यांक हेर्ने हो भने सिंगापुर, कोरिया, फिलिपिन्सलगायतका देशहरूको धेरै फरक छैन तर आयको स्तर फरक र फराकिलो छ । विकासको मोडलमा श्रीलंका नमुना देश थियो तर दशकौंदेखिको आन्तरिक द्वन्द्वले आर्थिक विकासलाई निरन्तरता दिन बाधा पु¥यायो । नेपाल पनि द्वन्द्वबाट प्रभावित भएको हो । यसलाई फेरि दोहो¥याउनु हुँदैन ।

सिंगापुरको भने ठूलो सफलताको कथा छ । सिंगापुरले जनताद्वारा चुनिएका शासकद्वारा शासन गर्ने प्रणाली प्रवद्र्धन ग¥यो । स्थानीय विज्ञ सीमित भएका बेला खुला नीतिमार्फत विज्ञहरूलाई ल्यायो । उच्चतम इमानदारी र सुशासन कायम ग¥यो । कानुनी शासनको प्रवद्र्धन ग¥यो, व्यावहारिक र खुलापन अंगीकार ग¥यो । ज्ञानमा आधारित अर्थतन्त्र अवलम्बन ग¥यो । त्यसैले अहिले आर्थिक विकासमा अग्रणी देशको रूपमा रहेको छ ।

दक्षिण कोरियामा तानाशाही शासन लामो समय चलेको भए पनि देशको विकास र राष्ट्र निर्माणलाई प्राथमिकता दियो र व्यक्तिगत राजनीतिक एजेन्डालाई त्याग गर्ने नीति अवलम्बन ग¥यो । यसले कोरियालाई विकसित बनायो । सिंगापुर र दक्षिण कोरियाबाट पनि नेपालले पाठ सिक्नुपर्छ, जुन देशहरू र नेपालको अवस्था ४० वर्षअघि लगभग उस्तै थियो ।

एसियाली अनुभवबाट नेपालले सोच र कार्यशैलीमा परिवर्तन गर्नु आवश्यक छ । नेपाल समृद्धिको मार्गका लागि विविधीकरण र निरन्तर औद्योगिक क्षेत्रको स्तरोन्नति (with focus on internationally acceptable quality and new emerging technologies) र श्रमिकको उत्पादकत्व वृद्धितर्फ लम्कनुपर्छ । नेपाल किन अझै गरिब छ भन्नेबारे बृहत्तर विश्लेषण हुनुपर्छ । यसलाई सूक्ष्म तरिकाले अध्ययनत गर्दा के देखिन्छ भने नेपाल अहिलेसम्म पनि कृषिबाट विविधीकरण भएको छैन । अब कृषिबाट ज्ञानमा आधारित अर्थतन्त्रमा नेपाल जानैपर्छ ।

रुपान्तरणको प्रक्रियामा क्षेत्रगत विकासका पक्षलाई आलोचनात्मक ढंगले विश्लेषण गरेर अब अघि बढ्नुपर्छ । यसका लागि देशको औद्योगिक नीति महत्वपूर्ण हुन्छ । धेरै देशहरू असफल हुनुको कारण गलत क्षेत्रलाई लक्षित गर्नु हो । यसकारण नेपालले प्रतिफल आउने क्षेत्रलाई प्राथमिकतामा राख्नैपर्छ । यसबाट मात्र नेपालले आर्थिक समृद्धिको यात्रा तय गर्न सक्छ ।

देशमा कति औद्योगिकीकरण गर्ने भन्ने कुरा जुनसुकै देशका लागि महत्वपूर्ण हुन्छ । एसियाको सफलताले के सुझाव दिन्छ भने उत्पादन महत्वपूर्ण हुन्छ । उच्च आयस्तर हासिल गर्न अर्थतन्त्रका लागि औद्योगिकीकरण महत्वपूर्ण हुन्छ । उत्पादन प्रतिफल हिस्सा र रोजगारीमा चिनियाँ अनुभव नेपालका लागि उपयोगी हुन सक्छ । नेपालको उद्योगको विकास सुस्त छ । यहाँ गुणस्तरीय औद्योगिक वद्धि आवश्यक छ । गुणस्तर र प्रविधिमा केन्द्रित गर्नुपर्छ ।

यसका लागि देशको आवश्यकतामा मात्र केद्रित नभई निर्यातका लागि उपयुक्त देशहरूसँग साझेदारी गर्नुपर्छ । नेपालमा कुन वस्तुको उत्पादन सम्भावना बढी र यसको निर्यात कसरी हुन्छ भनेर विश्लेषण गर्नुपर्छ । उत्पादन वृद्धि, आन्तरिक खपत र निर्यातले अर्थतन्त्रलाई दरिलो बनाउँछ । हामीले अपनाउने, अनुकूल हुने र फड्को मार्ने सिद्धान्तलाई प्रयोग गर्नुपर्छ ।

छोटो अवधिको फाइदाका लागि सजिलो कुरामा सम्झौता गर्नुहुँदैन । सेवा क्षेत्रमा एसियाली देशबाट सिक्नुपर्ने पाठ पनि छन् । सेवा र उत्पादन एकअर्काका परिपूरक हुन् । सेवा क्षेत्रमा रोजगारी बढ्दो छ । जीडीपीमा प्रतिव्यक्ति आयको हिस्सा बढ्दो छ । बढ्दो सहरीकरणसँगै सेवा विस्तारको सम्भावना बढेको छ । नेपालले कमजोर र कम गुणस्तरको सेवा क्षेत्रको अवस्था अन्त्यका लागि सतर्क हुनुपर्छ । नेपालमा ठूला संख्यामा रहेको युवा जनसंख्या छ, उच्चस्तरको गुणस्तरीय सीप दिएर तिनलाई यस क्षेत्रमा संलग्न गराउनु आवश्यक छ ।

बदल्नुपर्ने सोच र स्तरोन्नति

१०२५ डलरभन्दा कम हुने देशलाई न्यून आय, १०२६ देखि ४०३५ डलर आय हुनेलाई कम मध्यम आय, ४०३६ देखि १२४७५ डलर आय भएको देशलाई उच्च मध्यम आय तथा १२४७५ डलरभन्दा माथि भएकालाई उच्च आय भएको देशको रूपमा लिइन्छ । नेपाल अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रको रूपमा स्तरोन्नतिको अभियानमा छ । अल्पविकसित राष्ट्रबाट मध्य आय भएको मुलुकको विकसित राष्ट्रमा स्तरोन्नति गर्न प्रतिव्यक्ति आम्दानी बढाउनुपर्छ । अहिले नेपाल न्यून आय भएको देशको रूपमा छ । उच्च आययुक्त भएको देश बनाउन सोच र प्रतिबद्धतामा परिवर्तन आवश्यक छ ।

धेरै राष्ट्रहरू मध्यम आयको जालमा फसेका छन् । मध्यम आय भएका देश र कम मध्यम आय भएका देशका लागि तुलनात्मक रूपमा स्तरोन्नति सहज हुनेछ । तर, उच्च मध्यम आय भएका देश बन्न ठूलो रुपान्तरणकारी परिवर्तन आवश्यक छ । अहिलेकै सोचमा उच्च आय भएको देश बन्ने सपना पूरा हुनु अनिश्चित छ । मध्यम आयको जाललाई तोडेर उच्च आय भएको बनाउन देशले ज्ञानमा आधारित अर्थतन्त्रमा जानुपर्छ ।

फड्को मार्ने आधार

आर्थिक विकासका लागि फड्को मार्ने एउटा क्षेत्र छ । त्यो भनेको ज्ञानमा आधारित अर्थतन्त्र हो । नेपालले कहाँ र कसरी फड्को मार्ने भनेर व्यापक छलफल आवश्यक छ । यो नेपालका लागि सुवर्ण अवसर पनि हो । अब ज्ञानमा आधारित अर्थतन्त्र निर्माणको विकल्प छैन । यसका लागि देशको आवश्यकता भनेको दीर्घकालीनमा आधारित प्रतिबद्धतासहितको रुपान्तरण सोचाइ र संरचनात्मक रुपान्तरण नै हो । आज विश्वमा विकसित राष्ट «हरू प ्रविधिगत ज्ञानमा आधारित अर्थतन्त्रमा गइसकेका छन् । ओईसीडी देशहरू जीडीपीको ५० प ्रतिशतभन्दा बढी ज्ञानमा आधारित अर्थतन्त्रमा गइसकेका छन् ।

ज्ञानमा आधारित अर्थतन्त्रका खम्बाहरू भनेको गुणस्तरीय उच्च शिक्षा र सीप, आईसीटी र प ्रविधि, अनुसन्धान एवं विकास अनि नवीनता र नीति, नियमन, संस्थागत लगानी हो । यी काम पूरा गर्न प्रतिबद्धताको आवश्यकता पर्छ । यसका लागि विशेषगरी सरकारको भूमिका हुन्छ । ज्ञानमा आधारित अर्थतन्त्रको बिउ कसरी रोप्न सकिन्छ भनेर सरकार केन्द्रित हुनुपर्छ । यसका लागि आर्थिक सुविधा र संस्थागत विकासका निम्ति सरकारले वातावरण बनाउनुपर्छ । प्रभावकारी तथा उपयुक्त उच्च शिक्षा एवं सीप, प्रभावकारी सूचना र आईसिटी, प्रभावकारी अनुसन्धान र विकास तथा नवीन क्षेत्रमा लगानी बढाउनुपर्छ । लगानीमा नेपाल झन् पछाडि छ । जीडीपीको अवस्था र गरिबीको स्तर कमजोर छ । अन्य देशहरूले भने यस्ता क्षेत्रमा लगानी बढाउँदै लगेका छन् ।

कोरियालाई नै हेर्ने हो भने सन् १९६५ मा अनुसन्धान र विकासमा जीडीपीको जम्मा ०.५ प्रतिशत लगानी थियो । १९९७ मा २.५ प्रतिशत, सन् २०१० मा ३.७ प्रतिशत रहेको अनुसन्धान र विकासको लगानी अहिले ५ प्रतिशत छ । कोरियाले विज्ञान, सूचना प्रविधि र भविष्यको योजना निर्माणमा जोड दिएको छ । कोरियाले यसका लागि प्राज्ञिक निकाय स्थापनाका साथै निजी क्षेत्रलाई प्रोत्साहन दिएको छ भने वित्तीय र व्यापारिक नीतिहरू सहज बनाएको छ । कोरियाले ज्ञानमा आधारित अर्थतन्त्र र विकासलाई जोड दिएर ३५ प्रतिशत प्राविधिक जनशक्ति उत्पादन गरिरहेको थियो ।
सिंगापुरले पनि श्रम, प्रविधि, सीप, ज्ञान र नवीनतामा केन्द्रित अर्थतन्त्र विकास गरेको छ । पहिला ०.५ प्रतिशत रहेकामा अहिले ३.५ प्रतिशतभन्दा बढी लगानी अनुसन्धान र विकासमा गरेको छ । उच्च स्तरको सेवा प्रदान र पूर्वाधार निर्माणमा पनि सिंगापुरले सहयोग गरिरहेको छ ।

व्यवहारिकतामा आधारित र सहभागितामूलक विकासमा सिंगापुरको जोड छ । सूचना प्रविधिको उपयोगमा आधारित सेवा, सूचना प्रविधिमा शिक्षा र मानवस्रोत व्यवस्थापन, प्रविधिका निकाय र अरू संस्थाहरूको विकास तथा अर्थतन्त्रका लागि प्रतिस्पर्धी क्षेत्रगत विकासमा आईसिटीलाई आधार बनाएर सिंगापुरले आफूलाई विकसित गरिरहेको छ ।

फिनल्यान्डमा सन् १९५० मा कृषिमा आधारित अर्थतन्त्र थियो तर अहिले नवीनतामा आधारित ज्ञान अर्थतन्त्रमा फड्को मारेको छ ।

केही वर्षअघि ज्ञानमा आधारित अर्थतन्त्रबारे अध्ययन भएको थियो । जापान, सिंगापुर, कोरिया, ताइवान, हङकङलगायतका देशहरू उच्च २५ प्रतिशतभित्र तथा नेपाललगायतका देशहरू तल्लो २५ प्रतिशतभित्र छन् । अर्थात् कमजोर अवस्थामा छन् । नेपाललगायतका धेरै एसियन देशहरूका लागि यो ठूलो अवसर हो ।

सरकारको बलियो सहायताबिना कुनै पनि देश उच्च अर्थतन्त्रमा जान सफल भएका छैनन् । हरेक संकटमा अवसर हुन्छ । मेरो जीवनकालमा एसियाली वित्तीय संकट, विश्वव्यापी वित्तीय संकट, एसियाली सुनामी, ज्वालामुखी विस्फोट, भूकम्प र कोभिडजस्ता धेरै संकट देखेँ । आर्थिक वृद्धिका लागि कोभिडपछिको अहिलेको समय भनेको फड्को मार्ने बेला हो । रुपान्तरणकारी सोचका साथ ज्ञानमा आधारित अर्थतन्त्रमा जानैपर्छ ।

नेपालको विकास र आगामी पुस्ताको सम्भावनालाई बलियो बनाउन गम्भीरतापूर्वक ज्ञानमा आधारित अर्थतन्त्रमा जानैपर्छ । यसका लागि सरकारले अहिलेको हाम्रो विकास मोडल तथा अर्थतन्त्रबारे बृहत् रूपमा विश्लेषण गर्नैपर्छ । जबसम्म हामीले कृषिमा आधारित अर्थतन्त्रलाई ज्ञानमा आधारित अर्थतन्त्र बनाउन सक्दैनौँ, तबसम्म हाम्रो समद्धि असम्भव छ ।

यसका लागि कानुनी, नीतिगतदेखि योजना निर्माणसम्मलाई ध्यान दिनुपर्छ । ज्ञानमा आधारित अर्थतन्त्र विकासका लागि सूचना प्रविधिको उपयोगलाई विशेष जोड दिनुपर्छ । पछिल्लो समय नेपालमा सूचना प्रविधिको क्षेत्रले फड्को मार्दै छ तर यसको उपयोग अर्थतन्त्रको विकाससँग जोड्नुपर्छ । अर्थतन्त्रको विकासलाई सूचना प्रविधिसँग जोडेर उत्पादन र सेवा क्षेत्रमा फड्को मार्न सकिए यसले देशको विकास हुन सक्छ । विश्वका विकसित राष्ट्रहरू र सफल भएका एसियाली राष्ट्रहरूबाट नेपालले त्यो पाठ सिक्नुपर्छ ।

(एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष हुनुहुन्छ)

सेजनले आफ्नो रजत जयन्तीको अवसरमा सार्वजनिक गरेको अर्थनीतिबाट साभार

 

 

 

 

 

 

 

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १६:४२ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...