back
NMB ad

आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन हुँदा सेवा प्रवाहमा समस्या

Kumari bank ad

धनगढी । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय तीन महिनादेखि सचिवविहीन बनेको छ । सचिव नहुँदा तीन महिनादेखि नै मन्त्रालयको आर्थिक कारोबार बन्द छ । जसका कारण १ र २ कात्तिकमा आएको बाढीपहिरो पीडितलाई क्षतिपूर्ति दिन नसकिएको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशीले बताइन् ।

‘बाढीपहिरो गएपछि क्षतिपूर्ति दिनका लागि तत्काल प्रभावित जिल्लालाई २५र२५ लाख रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको थियो,’ मन्त्री जोशीले भनिन्, ‘सचिव नहुँदा खाता सञ्चालन हुन पाएन, जसका कारण उक्त रकम जिल्लामा पठाउन पाइएको छैन ।’ बाढी प्रभावितले अहिले क्षतिपूर्तिवापतको रकम माग गर्ने गरेको बताउँदै मन्त्री जोशीले उनीहरूलाई सचिव छैन भन्न पनि अप्ठ्यारो लाग्ने गरेको बताइन् ।

‘प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाएका परिवारलाई एक लाख २० हजार रुपैयाँका दरले क्षतिपुर्ति दिने निर्णय गत कात्तिकमै गरिएको थियो,’ मन्त्री जोशीले भनिन्, ‘सो रकम माग्न पीडित मन्त्रालयसम्म धाउन धालेका छन्, बै‌ंक खाता सञ्चालन नभएको हुँदा उनीहरूलाई रित्तै हात फर्काउनु पर्ने बाध्यता छ ।’

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत तत्कालीन सचिव चुडामणि पौडेल तीन महिनाअघि सरुवा भएर गएका थिए । त्यसपछि संघीय सरकारले सचिव नै नपठाएको मन्त्री जोशीले बताइन् ।

‘नयाँ सचिव पठाउन संघीय सामान्य प्रशासन मन्त्रालयलाई पटकपटक पत्राचार गरिएको छ । आफैँ सामान्य प्रशासन मन्त्रालयमा गएर सचिवको मागसमेत गरेकी छु,’ मन्त्री जोशीले भनिन्, ‘संघीय सरकारले त्यसलाई गम्भीर रूपमा लिएन, जसका कारण हामी तीन महिनादेखि खाताविहीन भएका छौं । समस्यामा परेका जनताका अगाडि जान सकिरहेका छैनौं ।’

‘म आफैँ संघीय सामान्य प्रशासन मन्त्रालयमा गएर सचिव पठाइदिन माग गरेकी थिएँ,’ मन्त्री जोशीले भनिन्, ‘४९ सहसचिवको पुनर्स्थापना गर्दासमेत सुदूरपश्चिमलाई बेवास्ता गरियो, यो हामीमाथिको मात्र अन्याय हैन, सुदूरपश्चिमका जनता माथिको अन्याय हो ।’

संघीय सरकारले अहिले पनि प्रदेशका अधिकार खोस्न खोजेको मन्त्री जोशीको भनाइ छ । एकएक गरेर संघले प्रदेशका अधिकार कटौती गरिरहेको र कर्मचारीसमेत भनेको समयमा नपठाएर संघले अझै पनि एकात्मक तरिकाले काम गर्न खोजिरहेको मन्त्री जोशीको आरोप लगाइन् ।

‘संघीयताको मर्म विपरीत अहिले पनि संघले एकात्मक शासन चनाउन खोजेको आभास भएको छ,’ मन्त्री जोशीले भनिन्, ‘संघीय सरकारका कारण प्रदेश सरकार कमजोर बन्न थालेको छ ।’

तीन महिनासम्म खाता सञ्चालन नहुँदा सवारीसाधनमा पेट्रोल हाल्नसमेत समस्या हुन थालेको मन्त्री जोशीको गुनासो छ । ‘आर्थिक समस्याका कारण मन्त्रालयका आन्तरिक कामसमेत ठप्प बनेका छन्,’ मन्त्री जोशीले भनिन्, ‘सवारीसाधन चलाउन समेत अप्ठ्यारो हुन थालेको छ ।’ सचिवविहीन भएको विषयमा प्रदेशका मुख्यसचिवलाई समेत पटकपटक जानकारी गराइएको मन्त्री जोशीले बताइन् ।

वि.सं.२०७८ मंसिर १७ शुक्रवार १६:५० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...