back

अध्यक्ष विहिन हुदा रोकिएको आइपिओ जारी प्रकृया सुरु हुदै, बोर्डले दियो निर्देशन

काठमाडौ । नेपाल धितोपत्र बोर्डले तत्कालिन अध्यक्ष भिष्मराज ढुंगाना अध्यक्षबाट निलम्बित भएयता रोकिएको प्राथमिक सेयर निष्कासन (आइपीओ) जारी प्रकृया अगाडी बढाउन लागेको छ ।
धितोपत्र बोर्डको सन्चालक समितिले आइपीओ जारी गर्ने प्रकृया अगाडी बढाउनका लागि निर्देशन दिएको पाइएको छ ।

लामो समयदेखि आइपिओ जारी गर्ने प्रकृया अवरुद्ध हुदा बजारमा नकारात्मक असर पर्ने भन्दै आइपिओको लागि प्रकृया अगाडी बढाउन निर्देशन दिएको हो ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीका अनुसार बोर्डले लामो समयदेखि आइपिओ जारी नगर्दा समस्या भएको भन्दै प्रकृया अगाडी बढाउन निर्देशन दिएको छ ।

सोही निर्देशन बमोजिम आइपिओको प्रक्रिया अघि बढाउन लागिएको गिरीले जानकारी दिए । अध्यक्ष नियुक्ति प्रकृयामा अर्थमन्त्रालयले ढिलाई गर्दा आइपीओ प्रकृया नै रोकिएको थियो । अव भने बोर्डले अनुमति दिएको छ ।

हालसम्म २५ वटा कम्पनीले आइपिओ जारीका लागि आवेदन लिएका छन् । उनीहरुले ६ अर्ब ८० करोड रुपैयाँ बराबरको आइपिओको लागि आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

वि.सं.२०७८ मंसिर १९ आइतवार १७:४६ मा प्रकाशित

You can share this post!

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

वि.सं.२०७९ माघ २२ आइतवार १६:२३

काठमाडौं ।सरकारवाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै...

सर्वसाधारणलाई भोलीदेखि २० हजार कित्तासम्म भर्न पाईने आईपीओ निष्काशन हुँदै, कहिलेसम्म दिने आवेदन ?

सर्वसाधारणलाई भोलीदेखि २० हजार कित्तासम्म भर्न पाईने आईपीओ निष्काशन हुँदै, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७९ माघ २२ आइतवार १६:०४

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले भोली अर्थात माघ २३ गतेदेखि...

रास्वपाले सरकारलाई समर्थन गर्ने,  मन्त्री फिर्ता बोलाउने

रास्वपाले सरकारलाई समर्थन गर्ने, मन्त्री फिर्ता बोलाउने

वि.सं.२०७९ माघ २२ आइतवार १५:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको...

आइएमई पेको मन्थ अफ लभ अफर

आइएमई पेको मन्थ अफ लभ अफर

वि.सं.२०७९ माघ २२ आइतवार १५:४१

काठमाडौं । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:३३

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड...

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

वि.सं.२०७९ माघ २२ आइतवार १५:२५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एसबिआई बैंक लिमिटेडको ऋणपत्र...