back
NMB ad

निर्माण व्यवसायी नै भन्छन् : एउटा आयोजना पुरा भएपछि मात्रै अर्कोको ठेक्का दिनुपर्छ

Kumari bank ad

इलाम । निर्माण व्यवसायीको व्यावसायिक छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघले एउटा कम्पनीले पाएको काम पुरा गरेपछि मात्रै अर्को आयोजना दिनुपर्ने बताएका छन् । निर्माण व्यवसायी संघ इलामको २०औं साधारणसभा तथा नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमका सहभागी महासंघका अध्यक्ष तथा पदाधिकारीले यस्तो धारणा राखेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिङले एउटा आयोजनाको ८० प्रतिशत काम पुरा गरेको व्यवसायीलाई मात्रै अर्को आयोजनाको जिम्मा दिनुपर्ने बताए । अध्यक्ष सिङले विल्व सिस्टमलाई हटाएर क्षमताको आधारमा काम दिइनुपर्नेमा जोड दिए । उनले क्षमताको आधारमा तीन करोड रुपैयाँसम्मको ठेक्का साना व्यवसायीलाई दिनुपर्ने बताए । क्षमताको आधारमा व्यवसायीलाई योजना दिइए गुणस्तर समेत कायम हुने दाबी गरेका छन् ।

निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले पनि एउटा कम्पनीलाई निश्चित आयोजनाको जिम्मा दिने र त्यो पुरा भएपछि मात्रै अरू योजनाहरू दिनुपर्ने पक्षमा आफू पनि रहेको बताए । ‘कम्पनीको क्षमताको आधार कति योजना दिने हो टुङ्गो गर्नुपर्‍यो, ती योजना पुरा भएपछि मात्रै नयाँ योजना दिइनुपर्छ’, पाण्डेले भने ।

कार्यक्रमका उपाध्यक्ष आङदोजी लामा, महासचिव रोशन दाहाल लगायत पदाधिकारी सहभागी थिए । उनीहरूले समेत निर्माण एक जनाले सयौँ योजनाको जिम्मा लिने र अलपत्र पारेर छाड्ने प्रवृत्तिको अन्त्यको लागि नयाँ नियम आवश्यक रहेको औंल्याए ।

इलाम नगरपालिकाको प्रमुख महेश बस्नेतले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि निजी क्षेत्रको महत्त्वपूर्ण योगदान हुने भन्दै पुँजीगत खर्चको माध्यमबाटै राज्यको स्रोत नागरिकसम्म पुग्ने भए पनि त्यो सन्तोषजनक नभएको बताए । ‘पुँजीगत खर्च सन्तोषजनक छैन, खर्च सन्तोषजनक नहुँदा राज्यको स्रोत पनि सबै नागरिकसमक्ष पुगेको छैन’, उनले भने,‘सबै निर्माण व्यवसायीको मात्रै दोष होइन, सार्वजनिक खरिद ऐन र नियमावली नै समयानुकूल बनाउनुपर्छ ।’

निर्माण व्यवसायी संघले आफ्नो अधिवेशनको अवसरमा इलाममा मेडिकल कलेज स्थापनाको लागि जग्गा व्यवस्थापन गर्न तीन लाख रुपैयाँ सहयोग गरेको छ । मेडिकल कलेज स्थापना गर्नको लागि इलाम नगरपालिकाले प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले जग्गा व्यवस्थापनको लागि समिति नै बनाएर प्रक्रिया अघि बढाएको । संघका अध्यक्ष सुभाष चिपालुले इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

आइतबार सुरु भएको निर्माण व्यवसायी संघको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न हुनेछ । व्यवसायी संघको अध्यक्षको लागि चार जना आकांक्षी छन् । वर्तमान अध्यक्ष सुभाष चियालु, पूर्वध्यक्ष राजकुमार भक्तराज, सन्तोष कटुवाल र डिल्ली खनाल अध्यक्षको दौडमा छन् । निर्माण व्यवसायी संघमा २२० व्यवसायी आबद्ध छन् ।

वि.सं.२०७८ मंसिर १९ आइतवार २१:३६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...