काठमाडौं । नेपाल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रस्ताव गरेको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
बैंकले सधारणसभा तथा लाभांश प्रयोजनका लागि भोलि अर्थात मंगलवार बुक क्लोज गर्ने भएको छ । त्यसकारण आजसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४% बोनस सेयर र कर प्रयोजनसमेत ३ % नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
लाभांश पारित लगायतका अन्य एजेण्डाका लागि बैंकले पुस २ गते ६२औं वार्षिक साधारण सभा बोलाएको छ ।
वि.सं.२०७८ मंसिर २० सोमवार १०:३९ मा प्रकाशित