back
NMB ad

नेशनल हाइड्रोपावरको नाफामा छलाङ, पहिलो त्रैमासमा ५८ करोड ७४ लाख कमायो

Kumari bank ad

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको असोज मसान्तसम्म कम्पनीले ५८ करोड ७४ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले गत वर्षको सोही अवधिमो तुलनामा नाफामा छलाङ मारेको हो । गत वर्षको असोज मसान्तमा कम्पनीले २ करोड ३७ लाख ६५ हजार रुपैयाँ नाफा गरेको थियो ।

नाफा उल्लेखीय सुधार गरेको कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको देखिएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा १ करोड ३५ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा ७९.५५ प्रतिशतले कमी हो । गत वर्षको उक्त अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ६४ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

विद्युत् विक्री आम्दानीमा कमि र व्यवस्थापकीय खर्च वृद्धि भएसँगै कम्पनी १ करोड ४७ लाख ४१ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा पनि सुधार गरेको छ । गत वर्षको पहिलो त्रैमासमा ३८ करोड १० लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीले यस वर्षको सोही अवधिमा भने उक्त कोषमा २३ करोड २२ लाख ३८ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ७६ पैसा रहेको छ ।

वि.सं.२०७८ मंसिर २० सोमवार १२:११ मा प्रकाशित

You can share this post!

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...