back
NMB ad

विद्युत बिक्री आम्दानी बढेपछि तेह्रथुम पावरको नाफामा सुधार, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । तेह्रथुम पावर कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत वर्षको पहिलो त्रैमासमा ८६ लाख ७० हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले यस वर्षको सोही अवधिमा भने उल्लेखीय नाफा गरेको छ ।

कम्पनीले चालु आवको असोज मसान्तसम्ममा १ करोड १८ लाख ७५ हजार रुपैयाँ नाफा गरेको हो । उक्त अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी वृद्धि भएपछि नाफा सुधार आएको हो ।

कम्पनीले चालु आवको पहिलो त्रैमासमा विद्युत बिक्रीबाट ४ करोड ७६ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा १०७.१६ प्रतिशतले बढी हो । गत वर्षको उक्त अवधिमा कम्पनीले २ करोड ३० लाख ९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने ८ करोड ४५ लाख २२ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको प्रतिसेयर आजम्दानी १२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ मंसिर २० सोमवार १३:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...