काठमाडौं । नेपाल बैंकको बोनस सेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार बैंकको सेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले १४ प्रतिशत बोनस सेयरको समायोजनपछि ३७८ रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम सेयर मूल्य ४३१ रुपैयाँ ७० पैसाको आधारमासमायोजन भएको हो ।
वि.सं.२०७८ मंसिर २१ मंगलवार १०:४७ मा प्रकाशित