काठमाडौं । साहस उर्जाको सेयर मूल्यमा उच्च गिरावट आएको छ । बुधवार कम्पनीको सेयर मूल्य ६.३० प्रतिशतले घटेको हो ।
साताको चौथो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ५९५ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार कम्पनीको १ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ३१ हजार २८९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ मंसिर २२ बुधवार १५:१७ मा प्रकाशित