back
NMB ad

हिमालयन रिइन्स्योरेन्सले कमायो ४ करोड ७६ लाख, कस्ता छन् अन्य सूचक ?

Kumari bank ad

काठमडौं । आईपीओ निष्काशनको तयारीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/८९ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको असोज मसान्तसम्म ४ करोड ७६ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो त्रैमासको तुलनामा भने ४०५ प्रतिशतले बढी हो । अघिल्लो त्रैमासमा कम्पनीले ९४ लाख २६ हजार रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा ५ करोड १८ लाख २७ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने उल्लेखीय रुपमा सुधार देखिएको छ । अघिल्लो त्रैमासमा १ लाख ६४ हजार रुपैयाँ शुल्क आर्जन गरेको कम्पनी चालु आवको पहिलो त्रैमासमा ८ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

उक्त अवधिमा कम्पनीको खुद दावी भुक्तानी रकम भने १ करोड ७ लाख १३ हजार रुपैयाँ देखिएको छ ।

यस्तै, चालु आवको पहिलो त्रैमाससम्ममा कम्पनीको बीमा कोष ४८ लाख १९ हजार र महाविपत्ती कोषमा ४ लाख ६० हजार रुपैयाँ राखेको छ ।

वि.सं.२०७८ मंसिर २३ बिहीवार ११:५३ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...