
काठमडौं । नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्सबीच सम्झौता भएको छ ।
बैंकले प्रोग्रेसिभ फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको हो ।
नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रोग्रेसिभ फाइनान्सका नायब प्रमूख कार्यकारी अधिकृत महेश्वर पहारीबिच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
उक्त सम्झौता अन्तर्गत प्रोग्रेसिभ फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट, असेप्टेन्स, लोकल बैंक, ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।
वि.सं.२०७८ मंसिर २३ बिहीवार १६:४७ मा प्रकाशित