back
NMB ad

कम्पनीको वित्तिय विवरण हेरेर लगानी गर्नुस् : गभर्नर

Kumari bank ad

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कम्पनीको वित्तिय विवरण हेरेर लगानी गर्नका लागि लगानीकर्ताहरुलाई आव्हान गरेका छन् ।

उनले  कोरोनाको समयमा अन्यत्र लगानीका ढोकाहरु बन्द हुदा सेयर बजारमा लगानी ओइरिएको भन्दै लगानीकर्ताहरुको सेयर बजार सम्बन्धी चेतनास्तर बृद्धि गर्नुपर्ने बताए ।

बिहीबार अर्थसमितिमा भएको छलफलका क्रममा गभर्नर अधिकारीले सेयर बजारमा बुझेर मात्रै लगानी गर्न र यसका लागि पब्लिक सचेतना बढाउनु पर्ने भन्दै वित्तीय विवरण हेरेर मात्रै लगानी गर्न आग्रह गरेका हुन् ।

अर्थसमितिको बैठकमा अर्थसचिव मधुकुमार मरासिनीले पनि पछिल्लो तीन बर्षमा सेयर बजारमा ठूलो उछाल आएको पनि बताए ।

उनले गत तीन बर्षभित्रमा ११ सय अंकबाट ३२ सय अंक पुगेर अहिले ओरालो लागिरहेको बताउदै नेपाल राष्ट्र बैंकले यदि मार्जिन लोनको व्यवस्था नगरेको भए सेयर बजारमा थप समस्या आउन सक्ने सम्भावना पनि रहेको बताए ।

त्यसैगरी उनले सेयर बजारमा कुनैपनि जलविद्युत कम्पनी सम्पन्न नहुदै सो कम्पनीको सेयर मुल्य ह्वात्तै बढ्ने गरेको बताउदै यसतर्फ ध्यान दिनुपर्ने पनि उनले बताए ।

त्यस्तै अर्थसमितिको बैठकमा उपस्थित रहेका पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल राष्ट्र बैंकले नेपाल धितोपत्र बोर्डलाई नियन्त्रण गर्नका लागि समितिले आग्रह समेत गर्नुपर्ने धारणा राखे ।

उनले सेयर बजारमा साना लगानीकर्ताहरु घटीरहेको र मार्जिन लोन पनि घट्दै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै भने, ‘बजार अनुमगन गर्न नसक्ने गरी घटे कसरी उत्साहित गर्ने हो ? सेवोनलाई राष्ट्र बैंकले नियन्त्रण गर्न भन्नुपर्यो ।’

वि.सं.२०७८ मंसिर २३ बिहीवार १७:२८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...