काठमाडौं । मुक्तिनाथ विकास बैंकले साधारणसभा भोलि अर्थात शनिबार हुँदैछ । बैंकको १५ औं वार्षिक साधारणसभा भोलि मंसिर २५ गते हुने भएको हो ।
सभाले १७.५७ प्रतिशत बोनस सेयर र ०.९२५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सोही अवसरमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर १५ गते बुक क्लोज गरेको थियो ।
वि.सं.२०७८ मंसिर २४ शुक्रवार ११:४६ मा प्रकाशित