back
NMB ad

प्रचण्डको बोलीले सेयर बजारमा लाग्ने भयो निरासाको गोली

Kumari bank ad

काठमाडौं । यतिवेला नेकपा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा अर्थमन्त्रीमा छन् । ठिक यति नै बेला नेपालको सेयर बजार वियरिस ट्रेन्डमा छ । त्यस्तै आइतबार मात्रै बजार ८८ अंकले ओरालो लाग्यो भने गत आइतबारदेखि यो आइबारसम्म आइपुग्दा बजार २२४ अंकले ओरालो लागेको छ ।

यसरी बजारले वियरिस ट्रेन्ड समाइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारप्रति नकारात्मक टिप्पणी गरेका छन् । उनले आइतबार देशको प्रदेशस्तरीय भेलालाई राजधानीबाट सम्बोधन गर्ने क्रममा ‘सेयर बजार साम्राज्यवादको विस्तारित रुप भएकोले यसलाई परास्त गर्नु’ जरुरी रहेको बताएका छन् । उनको यो भनाईले सेयर लगानीकर्तामा नकारात्मक असर पर्नेछ ।

उसैपनि नेपालको सेयर बजार हल्लाको भरमा चल्ने गरेको देखिएको छ । बजारमा अधिकांश लगानीकर्ताहरु कम्पनीको प्राविधिक विश्लेषण गरेर भन्दा पनि हल्लाको भरमा चाडै कमाउने दाउमा लगानी गरिरहेका भेटिन्छन् ।

त्यसैलेपनि प्रचण्डको यो अभिव्यक्तिले सेयर बजार ओरालो लाग्न थप मद्धत पुग्नेमा लगानीकर्ताहरु विश्वस्त छन् । हुन त उनी राजनीतिक व्यक्ति भएकोले प्राविधिक पक्षको बारेमा बोल्दा खासै असर नगर्ने केही लगानीकर्ताहरुको धारणा छ । तर उनी देशको अर्थतन्त्र हाकिरहेको अर्थमन्त्रालयमा प्रतिनिधित्व गर्ने पार्टीको अध्यक्षका हिसावले उनले गर्ने र बोल्ने हरेक कुराले अर्थतन्त्रमा असर गर्ने अर्काथरी लगानीकर्ताहरुको भनाई रहेको छ ।

‘उनले आइतबार बोलेको बोली एक भाषण मात्र हैन नेकपा माओवादीले सेयर बजारप्रति हेर्ने दृष्टिकोण पनि हो। ’पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भन्छिन् । ‘पछिल्लो समयम बजारले यसैपनि ओरालो यात्रा तय गरेको छ, त्यसमाथि प्रचन्डले बजारको बारेमा नकारात्मक टिप्पणी गर्दा बजार झन् ओरालो लाग्ने पक्का छ । नीति नियम बनाउने तहमा रहेकाहरुले नै बजारको बारेमा नकारात्मक टिप्पणी गर्दा पुँजीबजार कसरी उभो लाग्ला ?’ उनले चिन्ता व्यक्त गरिन् ।

सेयर बजार देशको अर्थतन्त्रको ऐना हो तर बजारको बारेमा नीति निर्माताहरुमा गलत बुझाइ भयो, प्रचन्डको यो अभिव्यक्तिले कति लगानीकर्ताहरुको विजोग हुने हो त्यो हेर्न बाँकी नै छ । यसअघि पनि तत्कालिन अर्थमन्त्री डा.बाबुराम भट्टराई अर्थमन्त्री हुदा सेयर बजार जुवाँघर हो भन्ने अभिव्यीक्त दिएका थिए । जसका कारण बजार ओरालो लागेर ३०० को हाराहारीमा पुगेको थियो ।

त्यस्तै डा.युवराज खतिवडा अर्थमन्त्री हुदा सेयर बजार अनुत्पादक क्षेत्र हो भन्ने अभिव्यक्ति दिएका थिए जसका कारण बजार ओरालो लागेर ७०० को हाराहारीमा पुगेको थियो । तत्कालिन समयमा कति मानिसहरुले आफ्नो सम्पत्ति गुमाएका थिए भने कतिपयले आत्महत्या समेत गरेका समाचारहरु आइरहेका थिए ।

त्यस्तै अर्का कम्युनिष्ट अर्थमन्त्री जनार्दन शर्माले पनि सेयर बजारप्रति नकारात्मक नै धारणा राखिरहेका थिए । उनले नेपाल राष्ट्र बैंकले बजारलाई नियन्त्रित हुनेगरी सेयर कर्जामा लगाएको ४/१२ करोडको सिमालाई हटाउनका लागि कुनै पहल नगरेको आरोप लाग्ने गरेको छ । साथै उनले बजार सिमित व्यक्तिहरुको हातमा पुगेको भन्दै राष्ट्र बैंकको बचाउ पनि गरेका थिए ।

त्यसलाई थप पुष्टी भने पुर्व प्रधानमन्त्री प्रचण्डले गरे । यसबाट सेयर बजारप्रति माओवादीको धारणा नकारात्मक मात्र हैन गलत पनि रहेको स्पष्ट भएको छ । बजार विश्लेषक मनोज ज्ञवाली प्रचन्डको कुरामा लगानीकर्ताहरुले विश्वास नगर्ने र गर्न नहुने तर्क राख्छन् । ‘विगत ६ महिनाको प्रचन्डको बोली सुन्नुहोस् उनको बोलीमा स्थिरता छैन, छटपटाहट र उकुसमुकुसपना बढी पाइन्छ,लगानीकर्ताहरु सचेत छन्, उनको बोलीले सेयर बजारमा केही असर गर्दैन । बजार आफ्नै तवरले अगाडी बढ्छ ।’ उनले भने ।

प्रचण्डले धितोपत्रको कुरा लगेर आइएमएफ्सँग जोडेको प्रसङग कोट्याउदै ज्ञवालीले भने, ‘यहीबाट थाहा हुन्छ प्रचन्डले बजार कति बुझेका छन् भन्ने कुरा ?’

प्रचन्डको अर्धकल्चो बुझाइ

आइतबारको भाषणमा अध्यक्ष प्रचण्डले पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर, अहिले लगानी पुँजी वा दोश्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको बताएका थिए । साथै उनले नेपाल लगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली विकास बैकहरुमा हुने गरेको पनि बताएका थिए । यहीबाट स्पष्ट हुन्छ अर्थतन्त्र र पुँजीबजारबारे उनको कति कमजोर बुझाइ हो भन्ने ।

पुँजी बजार, सट्टबाजी आइएमएफ् र विश्व बैंक विल्कुलै फरक प्रकृति र फरक उदेश्य भएको संस्था हुन् । भलै यी संस्थाहरु संस्थागत गर्नमा पुँजीवादी अर्थतन्त्र अँगालेका देशहरुको योगदान रहेको छ ।
प्रचण्डको बुझाइमा पुँजीवादी अर्थतन्त्र अँगालेका देशहरुले स्थापित गरेको संस्था वा प्रणाली पनि पुँजीबाद केन्द्रित हुने र गरिवलाई थप शोषणका लागि सहयोगी सिद्ध हुने रहेको देखिन्छ । त्यस्तै उनले पुँजीबजारबाट सुरु गरेको भाषण आइएमएफ्मा लगेर टुंग्याएनन् मात्र एउटै प्रकृतिको हो भनेर दावी समेत गरे ।

यसबाट उनको बुझाइमा कमजोरी हो भन्ने कुरा स्पष्ट हुन्छ । हाल अर्थमन्त्रीको रुपमा उनकै पार्टीका क्याडर जनार्दन शर्मा छन् । नेपालको अर्थतन्त्र समस्यामा परेको भन्दै आइएमएफ्सँग उनै अर्थमन्त्री शर्माले ४८ अर्ब रुपैयाँ बराबरको ऋण सहायताका लागि हात फैलाएका थिए । जुन रकम सरकारले ३५ महिनभित्र नै तिर्नुपर्छ । देशको अर्थतन्त्रलाई उकास्न एकातिरबाट सोही पार्टीका अर्थमन्त्रीले ऋण लिइरहेका छन् भने अर्कातर्फ अध्यक्ष प्रचन्डले आइएमएफ्ले गरिवहरुलाई थप गरिव बनाउनका लागि शोषण गरिरहेको आरोप लगाइरहेका छन् ।

लगानीकर्ताको ‘नो भोट’ अभियान

लगानीकर्ताहरुले सेयर बजार विरोधी नेताहरु विरुद्ध सामाजिक सन्जालमा ‘नो भोट’को अभियान सन्चालन गरेका छन् । प्रचण्डको यो भनाईले सो अभियानलाई थप मजवुत हुन मद्धत पुग्नेछ । हालसम्म ४५ लाख लगानीकर्ता (३ लाख दोहोरो डिम्याट रहेको छ) रहेको बजारमा सरकारले ध्यान नदिँदा बजार पुँजीकरण करिब १० खर्बले घटेको छ । अर्थात् उनीहरुले बजार करिब २५ प्रतिशत घटेको भन्दै नो भोटको अभियान सुरु गरेका हुन् ।

कांग्रेसको नेतृत्वमा सरकार बनेपछि सेयर बजार बढ्ने अधिकांश लगानीकर्ताको अपेक्षा थियो । तर कांग्रेसले नेतृत्व गरेको समयमा पनि बजार ओराला लाग्दा सवै दोष कम्युनिष्ट अर्थमन्त्री जनार्दन शर्माको टाउकोमा आएको छ । कांग्रेस भन्दा कम्युनिष्ट सरकार सेयर बजारप्रति नकारात्मक रहेको कुरा पुष्टीका लागि प्रचन्डको आइतबारको भनाई काफी रहेको एक लगानीकर्ताले बताए ।

 

वि.सं.२०७८ मंसिर २६ आइतवार १९:२० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...