काठमाडौं । लुम्बिनी विकास बैंकको बोनस सेयरको मूल्य समायोजन भएको छ ।
बैंकले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ल सेयर मूल्य समायोजन गरेको हो ।
(नेप्से)ले सोमवार बैंकको १३ प्रतिशत बोनस सेयरको समायोजनपछि ४२९ रुपैयाँ ६५ पैसा तोकेको छ ।
बैंकको आइतवार कायम अन्तिम सेयर मूल्य ४८५ रुपैयाँ ५० पैसाको आधारमा सेयर मूल्य समायोजन भएको हो ।
वि.सं.२०७८ मंसिर २७ सोमवार १०:३७ मा प्रकाशित