काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा फेरि गिरावट आएको छ । कम्पनीको सेयर मूल्य ५.३८ प्रतिशतले घटेको हो ।
साताको दोस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०५ रुपैयाँले घटेको । योसंगै कम्पनीको सेयर मूल्य २ हजार ६०२ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसारा आज कम्पनीको ५ करोड ४९ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज १५ हजार ५० कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ मंसिर २७ सोमवार १५:५६ मा प्रकाशित