काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात बिहीबारदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ५.०५ प्रतिशतदेखि अधिकतम ६.०५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०५ प्रतिशत देखि अधिकतम १०.०५ प्रतिशतसम्म तोकिएको छ । नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ५.९३ प्रतिशत रहेको छ ।
अन्य कुनमा कति ?
वि.सं.२०७८ मंसिर २९ बुधवार १६:४२ मा प्रकाशित