back
NMB ad

बरिष्ठ गायक एंव संगीतकार चन्द्र कुमार दोङलाई सेलो किङु को उपाधी

Kumari bank ad

काठमाडौँ । बरिष्ठ गायक एंव संगीतकार चन्द्र कुमार दोङलाई सेलो किङु को उपाधीबाट सम्मान गरिएको छ ।

‘कला र संस्कृतिको पहिचान, कलाकर्मीको सम्मान’ भन्ने मूल नाराका साथ बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०७८ को अवार्ड वितरण समारोहमा उक्त सम्मान प्रदान गरिएको हो । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित

कार्यक्रममा ४९ बिधामा अवार्ड वितरण गरिएको थियो । सम्मान ग्रहण गर्दै बरिष्ठ गायक एंव संगीतकार चन्द्र कुमार दोङ्ले आफु अझै सिक्ने क्रममा रहेको र सांगीतिक क्षेत्रमा निरन्तर लागिरहने बताए ।

आयोजक टिमले सांगीतिक क्षेत्रमा चन्द्र कुमार दोङको योगदान महत्वपूर्ण रहेको र विगत तीन दशकदेखी निरन्तर सांगीतिक क्षेत्रलाई विकास गर्न साथै यो उचाइसम्म ल्याइ पुर्याउन विशेष योगदान पुर्याएको भन्दै सेलो किङु को उपाधीबाट सम्मान गरिएको जनाएका छन ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बागमती प्रदेशका उपसभामुख राधिका तामाङले सुदुरपश्चिम सम्मका गीत संगीतलाई अवार्डमा समेटिनु राम्रो कुरा भएको बताइन ।

कार्यक्रममा दुर्गा नाथ दाहाल (समाजसेबी) लाई ‘बिरिसु बर्ष समाजसेबी सम्मान-२०७८’ बुद्धी तामाङ (कलाकार)लाई ‘बिरिसु बर्ष कलाकार सम्मान-२०७८’, नायक कुमार मोक्तानलाई तामाङ् मेगा स्टार घोषणा, नायक अमिर दोङलाई तामाङ चलचित्र जगतका महानायक घोषणा, चन्द्र कुमार दोङलाई सेलो किङ घोषणा, यमन माझीलाई माझी किङ घोषणा, सञ्चारकर्मी चन्द्रमणी गौतमलाई ‘लोक संगीत सम्मान-२०७८’सबिता पोखरेललाई ‘बिरिसु छापा मिडिया पत्रकारिता
सम्मान-२०७८’, राजु बोहोरा ९रेडियो कर्मी०लाई ‘बिरिसु बर्ष रेडियो पत्रकारिता सम्मान-२०७८’, तुलसी गिरि (भावुक )लाई ‘बिरिसु रंग पत्रकारिता सम्मान-२०७८’, शोभा त्रिपाठीलाई ‘बिरिसु टेलिभिजन रंग पत्रकारिता सम्मान-२०७८’ गरी ११ जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा टेलिसिरियल जुठे, भद्रगोल र मेरो कथालाई पनि अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमलाई कर्म लोले सञ्चालन गरेका थिए भने उज्यालो नेटवर्क र भिजन न्युज नेपालले सपोर्ट गरेका थिए ।

वि.सं.२०७८ पुस २ शुक्रवार १५:३२ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...