back
NMB ad

‘चाइनिज लगानीमा उत्पादन भएका बिजुली भारतले किन्दैन’

बिजुली बेच्न नसकेमा भोलिका दिन बैंकक्रप्ट हुनसक्छ !

Kumari bank ad

नेपालको उर्जा भारतमा लगेर बेच्नका लागि हामीलाई समस्या हुने अवस्था आएको छ ।

हामीसँग भारतीय अधिकारीहरुले गफमा भनेका छन् चाइनाको लगानीमा बनेका आयोजनाहरुको विजुली हामी किन्दैनौ भनेर । २०२६ सम्ममा नेपालले ७ हजार मेगावाट विजुली उत्पादन गर्छ ।

त्यसको खपत भारतले गरेन भने त्यो खेर जान्छ । विद्युत प्राधिकरणले अहिले १५ सयदेखि २००० मेगावाटसम्म उत्पादन हुदा त विद्युत विक्रि नभएर दैनिक ४/५ करोडको घाटा भएको भनिरहेको छ । पछिल्लो समयमा उर्जाको खपत बार्षिक २० प्रतिशतले बढेको छ ।

अवको ५ बर्षमा ५ हजार मेगावाट विजुली बढी हुनेछ । यदी नेपालको विजुली भारतले किन्ने नै भएपनि ट्रान्समिसन लाइनको आवश्यकता पर्छ तर ट्रान्समिसन लाइन बनेको छैन एमसिसीका कारणले । एमसीसी तत्काल पास गर्नुपर्छ होइन भने फिर्ता गर्नुपर्छ यसरी झुलाउन हुदैन ।

नेपालमा ४२ हजार मेगावाट विद्युत उत्पादनको सम्भावना छ । यदी १० हजार नेपालमा खपत भएपनि बाँकी भारतमा लैजानुपर्छ। त्यसका लागि ५/७ वटा अरु ट्रान्समिसन लाइन बनाउनुपर्छ । एमसीसीमा विवाद गर्नु ठिक होइन । विजुली बेच्न नसकेमा भोलिका दिन बैंकक्रप्ट हुनसक्छ । हाल ७ देखि ८ हजार मेगावाटको विजुली निर्माणाधिन छ, जुन बन्द गर्न सकिदैन ।

(आर्थिक पत्रकार समाज (सेजन) र पोलिसी इन्टरप्रेनर इन्क (पिआइ) ले संयुक्त रुपमा आयोजना गरेको पुर्वाधार बहसको छैठौ सस्करणमा इप्पानका उपाध्यक्ष गणेश कार्कीले राख्नु भएको विचार)

वि.सं.२०७८ पुस २ शुक्रवार १८:३० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...