back
NMB ad

लाभांश पारित गर्न एनसीसी बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ ।

बैंकको पुस २ गते बसेको संचालक समितिको बैठकले आउँदो पुस २९ गते सभा गर्ने निर्णय गरेको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सभामाले संचालक समितिको चौवीसौं वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षकको प्रतिवेदन वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायत संलग्न अनुसूचीहरु समेतको एकीकृत वित्तीय विवरण पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

यस्तै, सभाले बैंकको प्रबन्धपत्रमा भएका संशोधन सम्वन्धी विशेष प्रस्तावहरु सम्वन्धित नियामक, निकायबाट स्वीकृति लिने क्रममा उक्त निकायहरुको निर्देशन अनुसार फेरबदल, परिमार्जन, थपघट गर्नु परेमा सो कार्यका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ पुस ४ आइतवार ११:३५ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...