back
Hero Ad

पुस १९ गते मनाकामना स्मार्ट लघुवित्तको साधारण सभा, कस्ता छन् एजेण्डा ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ ।

कम्पनीको मंसिर २४ गते बसेको संचालक समितिको बैठकले आउँदो पुस १९ गते चौथो वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट हाल कायम चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव रहेको छ ।

सभामा कम्पनीले अन्य इजाजतपत्र प्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थालाहरुलाई गाभ्न/गाभिन वा प्राप्ति गर्न अन्य लघुवित्त वित्ती संस्थासंग गाभिनका लागि उपयुक्त देखिएमा सम्पूर्ण कार्यहरु गर्न गराउन तथा सो सम्वन्धी आवश्यक निर्णय गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभाले संचालक समितिको तर्फबाट प्रस्तुत गरि आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ ।

यस्तै, कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

यसका साथै वित्तीय संस्थाको संचालक समितिमा सर्वसाधारण सेयरधनीहरुबो तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालकको निर्वाचन गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गतेबाट पुस १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ पुस ४ आइतवार १२:२८ मा प्रकाशित

You can share this post!

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

वि.सं.२०७९ असोज २१ शुक्रवार ०७:०८

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई विभिन्न ३ वटा...

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

वि.सं.२०७९ असोज २० बिहीवार १९:५६

बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी...

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

वि.सं.२०७९ असोज २० बिहीवार १९:२२

काठमाडौं । खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध...

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

वि.सं.२०७९ असोज २० बिहीवार १९:११

हेटौडा । अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको...

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

वि.सं.२०७९ असोज २० बिहीवार १६:१६

खजुरा । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका...

काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह

वि.सं.२०७९ असोज २० बिहीवार १५:२४

काठमाडौं । काठमाडौं उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको...