काठमाडौं । रिलायन्स फाइनान्स ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजी ९१ करोड ५६ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशतले हुन आउने ७२ लाख २८ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
वि.सं.२०७८ पुस ४ आइतवार १४:३० मा प्रकाशित