back
NMB ad

सेयर धितो कर्जामा ४/१२ नीतिको प्रभाव, बैंकहरुले लिए साढे ६ खर्ब फिर्ता

Kumari bank ad

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाले कार्तिकसम्म १ खर्ब १ अर्ब ९५ करोड बढी सेयर धितोकर्जा प्रवाह गरेका छन् । यो अवधिमा २५ वाणिज्य बैंक, १२ विकास बैंक र १४ फाइनान्स उक्त रकम बराबरको कर्जा प्रवाह गरेका हुन् । कार्तिकसम्म आइपुग्दा वाणिज्य बैंकहरुले मात्रै ८६ अर्ब १५ करोड ९४ लाख बढीको कर्जा प्रवाह गरेका छन् ।

कार्तिकमा मात्रै यस्तो कर्जा १ अर्ब ९६ करोड ३५ लाख प्रवाह भएको राष्ट्रबैंक तथ्याङकले देखाएको छ । सञ्चालनमा रहेका २७ बैंकहरुमध्ये नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने यस्तो कर्जा प्रवाह गरेका छैनन् ।

त्यसैगरी विकास बैंकहरुले १२ अर्ब ३५ करोड ८४ लाख र फाइनान्स कम्पनीहरुले पनि यस्तो कर्जा ३ अर्ब ४३ करोड २८ लाख प्रवाह गरेका छन् । कार्तिक सम्म आउँदा वाणिज्यबैंकहरुमध्ये यस्तो कर्जा सबैभन्दा बढी ग्लोबल आइएमइृ बैंकले प्रवाह गरेको छ भने सबैभन्दा कम प्रवाह गर्नेमा कृषि विकास बैंक रहेको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा ग्लोबल बैंकले ७ अर्ब ७८ करोड २५ लाख भन्दा बढी कर्जा प्रवाह गरेको हो भने कृषि विकास बैंकले ७८ करोड ८५ लाखको हाराहारीमा ऋण प्रवाह गरेको हो ।

अहिलेसम्म सबैभन्दा बढी कर्जा प्रवाह गर्ने ग्लोबल बैंकले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ७ अर्ब ३३ करोड ३३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको थियो । त्यसैगरी भदौमा आउँदा ७ अर्ब ३९ करोड ५९ लाख, असोजसम्म ७ अर्ब ९१ करोड ५४ लाख कर्जा प्रवाह गरेको थियो । तर, आगामी नयाँ आर्थिक वर्षसम्म सेयर धितो कर्जाको सिमा ४/१२ बनाउनु पर्ने बाध्यात्मक नीतिसँगै बैंकले कार्तिक मसान्तसम्म आउँदा कर्जा र्फिता लिएको छ । अर्थात कार्तिक मसान्तसम्म आउँदा बैंकको यस्तो कर्जा प्रवाह ७ अर्ब ७८ करोड २५ लाखमा कायम हुन आएको छ ।

यद्यपी सबैं राष्ट्र बैंकको यो नीतिका कारण एक बैंकमाले मात्रै कर्जा र्फिता लिएको हैन । यो नीति सार्वजनिक गरेको दिन अर्थात साउन २९ गते यता देखि कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहले साढे ६ अर्ब रकम र्फिता लिएका हुन् । अर्थात मौद्रिक नीतिसार्वजनीक गर्दासम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल १ खर्ब ८ खर्ब ५१ करोड १५ लाख सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

यद्यपी र्फिता कर्जा रकम मौद्रिक नीतिसार्वजनीक भएसँगै क्रमशः घट्न थालेको भने हैन । मौद्रिक नीतिमा यस्तो व्यावस्था गरपछि लगानीर्तासँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले यो सिमा खारेजको माग गर्दै आइरहेका छन् । लगानीकर्ताको आन्दोलनका कारण सुरुमा अर्थमन्त्रालय तथा राष्ट्रबैंकले केही समय उक्त सिमाको प्रभाव हेरेर फेरबदल गर्न सकिने आस्वासन दिएसँग कर्जा प्रवाह तरंगीत भएको थियो । यद्यपी राष्ट्र बैंकले आधिकारीक रुपमा भने त्यस्तो केही सहूलियत दिने कुरा गरेको भने हैन ।

राष्ट्रबैंकका गर्भनर महाप्रशाद अधिकारी सिमामा अडान लिएर बसेका छन् । तसर्थ यो सिमा खारेज हुने संकेत नदेखिएसँगै चालु आर्थिक वर्षको अन्त्यसम्म लागु गर्ने गरी बैंकहरुले तयारी थालेका हुन् । यसको प्रभावस्वरुप कार्तिक मसान्तसम्म आइपुग्दा यस्तो कर्जा प्रवाह खुम्चिन पुगेको हो ।

यस्तो छ, बैंकहरुको सेयरधितोकर्जा प्रवाहको अवस्था

वाणिज्य बैंकतर्फ

ग्लोबल पछि दोस्रो धेरै सेयर धितो कर्जा प्रवाह गर्ने वाणिज्य बैंक नविल रहेको छ । नविलको साउन मसान्तमा सेयर धितोक कर्जा प्रवाह रकम ६ अर्ब ३३ करोड ६९ लाख रहेको थियो भने कार्तिक मसान्तसम्म बढेर ७ अर्ब २२ करोड ७३ लाख पुगेको छ ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको यस्तो प्रवाहित कर्जा साउन मसान्तमा ६ अर्ब ३२ करोड ४१ लाख रहेको थियो भने कार्तिक मसान्सम्म आउँदा खुम्चिएर ६ अर्ब ११ करोड ८७ लाख कायम भएको छ । त्यसैगरी नेपाल बैंक लिमिटेडले पनि कर्जा र्फिता लिएको छ । साउन मसान्तमा सेयर धितोकर्जा प्रवाह ५ अर्ब ५५ करोड ६९ लाख रहेकोमा कार्तिक मसान्तसम्म आउँदा ५ अर्ब २७ करोड ६८ लाखमा कायम भएको छ ।

यसैगरी कार्तिक मसान्तसम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट बैंकले यस्तो कर्जा ३ अर्ब १४ करोड ५३ लाख प्रवाह गरेको छ ।

त्यसैगरी हिमालयन बैंकले १ अर्ब ३१ करोड २६ लाख, नेपाल बंगलादेश बैंकले १ अर्ब ७१ करोड २८ लाख, एभरेष्ट बैंकले २ अर्ब ६३ लाख, बैंक अफ काठमाडौँले २ अर्ब २८ करोड २ लाख, नेपाल क्रेडिट एण्ड कमर्स बैंकले १ अर्ब ८७ करोड ७० लाख, एनआइसी एसिया बैंकले ३ अर्ब ९ करोड ७१ लाख रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।

त्यसैगरी माछापुच्छ्रे बैंकले १ अर्ब ३२ करोड ८० लाख, कुमारी बैंकले ४ अर्ब ५४ करोड ९८ लाख, लक्ष्मी बैंकले २ अर्ब ७७ करोड ४ लाख, सिटिजन्सले ५ अर्ब २० करोड १२ लाख, प्राइम बैंकले४ अर्ब ५ करोड २१ लाख, सनराइजले २ अर्ब ८५ करोड ५२ लाख, एनएमबीले ३ अर्ब ३२ करोड ६ लाख, प्रभुले २ अर्ब १४ करोड २८ लाख, मेगाले ३ अर्ब ८६ करोड ३ लाख, सिभिलले ३ अर्ब ५९ करोड ७९ लाख, सेञ्चुरीले २ अर्ब ८१ करोड ६६ लाख र सानिमा बैंकले २ अर्ब २ करोड ४ लाख प्रवाह गरेका छन् ।

विकास बैंकतर्फ

विकास बैंकहरुमध्ये सबैभन्दा बढी सेयर धितोकर्जा मुक्तिनाथ विकास बैंकले प्रवाह गरेको छ । बैंकले कार्तिकसम्ममा २ अर्ब ३० करोड २२ लाख रुपैयाँ प्रवाह गरेको हो । त्यसैगरी सबैभन्दा बक ग्रिन डेभलपमेन्ट बैंकले प्रवाह गरेको छ । यसले मात्रै ४७ लाख हाराहारीमा यस्तो कर्जा प्रवाह गरेको हो ।

त्यसैगरी साग्रीलाले १अर्ब ३७ करोड ७८ लाख, एक्सेल डेभलपमेण्टले २४ करोड ५० लाख, गरिमाले १ अर्ब ६ करोड १८ लाख, कामनाले १ अर्ब ९ करोड ७७ लाख, ज्योतिले १ अर्ब ९४करोड २१ लाख, साइन रेसुङाले ६५ करोड ४६ लाख, लुम्बिनीले १ अर्ब ५३ करोड ३३ लाख, सिन्धुले २४ करोड ६९ लाख सप्तकोशिले १ करोड रुपैयाँ बराकरको कर्जा प्रवाह गरेका हुन् ।

 

 

 

 

वि.सं.२०७८ पुस ४ आइतवार १५:३८ मा प्रकाशित

You can share this post!

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...