back
NMB ad

सिटिजन लाइफ इन्स्योरेन्सद्धारा क्षेत्रीलाई पौने ५ लाख भुक्तानी

Kumari bank ad

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँचीका नरेन्द्र क्षेत्रीलाई दाबि भुक्तानीस्वरुप पाँच लाख रुपैयाँ प्रदान गरेको छ ।

इन्स्योरेन्सको अर्घाखाँची शाखाले घातक रोगको दावी भुक्तानी स्वरुप रकम उक्त रकम प्रदान गरेको हो ।

अर्घाखाँची शाखा प्रमुख नारायण घर्तिको अध्यक्षतामा एक कार्यक्रम बीच उक्त रकम बिमितकी आमा चंद्रकला खत्रीलाई हस्तान्तरण गरिएको हो ।

सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर बि.क. को प्रमुख आतिथ्यता र सिटिजन लाइफ इन्स्युरेन्स कम्पनीका क्षेत्रिय शाखा प्रबन्धक लक्ष्मण मरासिनीको विशिष्ट आतिथ्यतामा सन्धिखर्क नगरपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली , कार्यक्रम संचालक एजेन्सी मेनेजर तथा गोल्ड क्लब विजेता राजु खनाल , अर्घाखाची शाखाका कर्मचारी र लिडरहरुले आमा चन्द्रकलालाई संयुक्त रुपमा चेक प्रदान गरेका हुन् ।

मलारानी ९ निवासी २५ वर्षिय श्री नरेन्द्र क्षेत्रिले २०७६ मंसिर महिनामा सिटिजन लाइफको अर्घाखाँची शाखाबाट ५ लाखको बीमा गरेका थिए । उनको उपचारकै क्रममा कम्पनिले सो ५ लाख घातक रोग उपचार खर्चको विमाङ्क रकम बापत ४ लाख ७८ हजार २ सय ७७ रुपैया प्रदान गरिएको क्षेत्रीय शाखा प्रबन्धक लक्ष्मण मरासिनीले बताए । क्षेत्रीय प्रवन्धक मरासिनीले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधा मार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिल बिनानै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए ।

साथै उपमेयर ठाकुर बि.क.ले सिटिजन लाईफ इन्स्युरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व समेत पुरा गरेको र समस्त नेपाली जनतालाई आर्थिक सुरक्षाको लागि बिमा अत्यावश्यक र अनिवार्य भएको बताए ।

बिमितका परिवारले पनि कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थिक सहयोग र हौसला प्राप्त भएको र सिटिजन लाइफमा बिमा गरेर आर्थिक रुपले ढुक्क हुन सकिने बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरे ।

 

वि.सं.२०७८ पुस ५ सोमवार १३:५८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...