काठमाडौं । कृषि विकास बैंकको सेयर मूल्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन बैंकको सेयर मूल्य ४.९९ प्रतिशतले वृद्धि भएको हो ।
उक्त दिन बैंकको सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य ४६३ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ९ करोड ४४ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको २ लाख ३ हजार ६०६ कित्ता सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७८ पुस ५ सोमवार १५:४३ मा प्रकाशित