काठमाडौं । सिभिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस ५ गते सोमबार बसेको संचालक समितिको बैठकले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
वि.सं.२०७८ पुस ६ मंगलवार १०:४२ मा प्रकाशित