back
NMB ad

ऐतिहासिक गढी संरक्षणमा विभाग र लिम्बू समुदायको चासो

Kumari bank ad

तेह्रथुम । संरक्षणमा ध्यान नपुग्दा ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरू लोप हुँदै गएका छन् । पहिलो पुस्ताले संरक्षणमा ध्यान नपुर्‍याउनु र पछिल्लो पुस्ताले पनि चासो नदिनुले यी र यस्ता सम्पदाहरू लोप हुँदै गएका हुन् ।

पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायसँग अस्तित्व जोडिएका ऐतिहासिक सम्पदाहरू लोप भइरहेको बेला तेह्रथुमको छथर पञ्चकन्यामा रहेको योमुई चाम्खासिङ (यक) गढी संरक्षणमा चासो दिन थालिएको छ ।

नेपाल एकीकरण पूर्व लिम्बूहरूको आ–आफ्नै गढ निमार्ण गरी राज्य सञ्चालन गर्दै आएका थिए । सोहीअनुसार योमुई चाम्खासिङ गढी खजुम लिम्बूहरूको पुर्खाहरूको गढी रहेको थियो । संरक्षणको अभावमा भग्नावशेष मात्र रहेको यो गढी संरक्षणका लागि पुरातात्व विभागसँग सहकार्य गरी संरक्षणमा जुट्दै आएको गढी निमार्ण संयोजक तथा युवा खोज अभियान्ता चिनकुमार लिम्बूले बताए ।

लिम्बुका अनुसार गढी संरक्षणका लागि देश तथा विभिन्न मुलुकहरूमा खजुम लिम्बूहरूले अभियान सञ्चालन सुरु गरेका छन् । गढीसँगै यहाँ रहेका ऐतिहासिक स्थलहरू बगरेट, बहार मन्दिर, कालुमडाडालगायतका स्थानहरूलाई संरक्षण गर्ने तयारी भइरहेको छ ।

लिम्बू समुदायको विवाहपश्चात सयमुन्द्री (बागदत्त) छिनाउँदा र लगन राख्दा गढीलाई सम्बोधन गर्ने गरिन्छ । लिम्बु समुदायसँग अस्तित्व जोडिएको स्थल भएकाले संरक्षणमा जोड दिनुपर्ने पुरातत्व विभागका अम्बिका खजुमको भनाइ छ । गढी संरक्षणका लागि समिती नै निमार्ण गरी केही वर्ष अघिदेखी अभियान सुरु भएको छ ।

खजुम लिम्बूहरूको पहिचानको रूपमा रहेको गढीलाई संरक्षण गर्दै पछिल्लो पुस्तालाई समेत अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले संरक्षणमा जुटेको योमुई चाम्खासिङ खजुमहाङ चुम्भोका केन्द्रीय अध्यक्ष उमेशचन्द्र पारघारीले बताए ।

खजुम लिम्बुहरू कुरुम्भङ, चोङबाङ, पारघारी, लेक्वा र वयाङ खजुम गरी पाँच थरी छन् । गढी संरक्षणमा खजुम लिम्बूहरूको अग्रजदेखि युवा पुस्ताहरूले ध्यान दिन आवश्यक देखिन्छ ।

वि.सं.२०७८ पुस ६ मंगलवार १६:२६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...