back
NMB ad

वृहत खानेपानी आयोजना अलपत्र, मजदुरले ज्याला समेत नपाएको गुनासो

Kumari bank ad

बैतडी । बैतडीको पुर्चौडी हाटस्थित बसन्तपुर तथा खडिखेत बजारमा तीन बर्षअघि सुदूरपश्चिम प्रदेश सरकारले सुरू गरेको वृहत खानेपानी आयोजना अलपत्र परेको छ । उपभोक्ता समितिको लापर्वाहीका कारण आयोजना निर्माण अलपत्र बन्दा यहाँको खानेपानी समस्या तत्काल समाधान नहुने देखिएको छ ।

वृहत खानेपानी आयोजना बारे उपभोक्ता समिति जिम्मेवार नबन्दा योजना अलपत्र परेको एमाले नेतासमेत रहेका स्थानीय कर्णबहादुर कुँवरले बताए । उनले भने, ‘हाट वृहत खानेपानी आयोजना निर्माण गर्नेगरी बनेको उपभोक्ता समिति नै गलत भयो । खानेपानीको धेरै जरुरत हाटमा क्षेत्रमा छ । तर, खानेपानीको उपभोक्ता नै नभएका वडा-७ का व्यक्तिलाई अध्यक्ष बनाइयो । अर्को ठाउँको व्यक्तिलाई यहाँको समस्याबारे के मतलब ?

अहिलेसम्म ट्यांकीको नाममा पिल्लर मात्रै ठड्याएको छ । त्यो पनि जिर्ण भै भइसकेको छ । केही ठाउँमा पाइप जडान गरिएको भए पुराना भइसकेका छन्प । केही पाइप त चोरी भैसकेको स्थानीयको भनाइ छ ।

पुर्चौडी नगरपालिकाकै मुख्य बजारका रुपमा रहेको बसन्तपुर तथा खडीखेत बजार नजिकै त्रिवेणी नदी छ । बजारको फोहोर यही नदीमा फालिदै आएका छन् । तर, कुनै सभा समारोह हुँदा तथा मेला लाग्दा अस्थाइ पसलेहरूले यही फोहोर नदीको पानीलाई खानेपानीका रुपमा प्रयोग गर्छन् ।

नगरपालिकाकी उपमेयर जानकी ऐर बमका अनुसार खानेपानी आयोजनामा काम गरेका मजदुरहरूले समेत ज्याला पाएका छैनन् । यहाँका महिलाले बिहान रोटी मात्रै खाएर दिनभर काम गरेका हामीले देखेका छौ‌ उनले भनिन्, तर सुको ज्याला पाएका छैनन् । यस बिषयमा पोहोर मैले खानेपानी डिभिजन कार्यालयका प्रमुखसँग कुरा गरेँ र उहाँ आफै यता आएर काम सञ्चालन गर्नुभयो । तर उक्त काम एक महिना पनि चलेन् । अहिले नयाँ समिति बनाएर काम सञ्चालन गर्न भनि ताकेता गरेको उनले बताइन । एउटाले बिगारेको काममा अब कसले हात हाल्छ ? उनले भनिन् पानीको मुहान कोटिला र बढी उपभोक्ताहरु रहेको हाटका मानिस भेला गराई हरहिसाब बुझाएर नयाँ समिति बनाएर काम गर्नुको विकल्प छैन् ।’ विगतमा पाँच जना कोठामा बसेर समिति बनाएकाले यो समस्या आएको उपप्रमुख बमको भनाइ छ ।

वि.सं.२०७८ पुस ६ मंगलवार १६:३३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...