काठमाडौं । ज्योति विकास बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।
एक सूचना निकाल्दै बैंकले संस्थापक सेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक सेयरधनीहरुले आवेदन दिन सकिने जनाएको छ ।
बैंकको संस्थापक सेयर खरिदका लागि आजैका मितिले ३५ दिनभित्र संस्थापकहरुले आवेदन दिन सक्नेछन् ।
उक्त म्यादभित्र संस्थापकहरुले आवेदन नदिएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई बिक्री गरिने सूचनामा उल्लेख छ।
वि.सं.२०७८ पुस ७ बुधवार ११:४० मा प्रकाशित