back
NMB ad

भोलि तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात बिहीबार तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

उक्त दिन ज्योति विकास बैंक, एनएमबि लघुवित्त वित्तीय संस्था र सूर्या लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

यी तीनै वटा कम्पनीहरुले पुस ९ गते अर्थात शुक्रबार बुक क्लोज गर्न भएको छन् । यसकारण भोलि अर्थात पुस ८ गतेसम्म कायम सेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

जसमध्ये ज्योति विकास बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

बैकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबााट सेयरधनीहरुलाई ११ प्रतिशत बोनस सेयर र कर सहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २३ गते साधारण सभा बोलाएको छ । उक्त सभामा भाग लिन र लाभांश पाउनका लागि पुस ८ गते बिहिवारसम्म सेयरधनी बनिसक्नुपर्नेछ ।

यस्तै, एनएमबि लघुवित्तले साधारण सभा तथा लाभांश वितरणका लागि पुस ९ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट सेयरधनीलाई २१.५० प्रतिशत बोनस शेयर र १.१३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश पाउन र सभामा भाग लिनका लागि पुस ८ गतेसम्म कायम सेयरधनी बनिसक्नुपर्नेछ । लाभांश पारितका लागि कम्पनीले पुस २६ गते गर्ने भएको छ ।

त्यसैगरी, सूर्या लाइफ इन्स्योरेन्सले पनि साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस ९ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई १२.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस १९ गते साधारण सभा गर्ने भएको छ । पुस ८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

वि.सं.२०७८ पुस ७ बुधवार १४:३८ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...