काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर मूल्य वृद्धि भएको छ । बुधवार बैंकको सेयर मूल्य ३.४४ प्रतिशतले वृद्धि भएको हो ।
साताको तेस्रो कारोबार दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य आज ३०१ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको २ करोड ९९ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको १ लाख ६८३ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ पुस ७ बुधवार १६:०९ मा प्रकाशित