back
NMB ad

बुद्धमय हुँदै सिद्धार्थनगर, सात करोडको लागतमा प्रवेशद्वार

Kumari bank ad

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर बुद्धमय बन्दै गएको छ । सिद्धार्थनगर नगरपालिकाले विभिन्न अभियानहरू सञ्चालन गर्दै नगरलाई बुद्धभूमिमा प्रवेश गरेको अनुभुति दिलाउन खोजेको हो । स्थलमार्ग भएर सबैभन्दा बढी पर्यटक आउने नाका बेलहियादेखि नगरका मुख्य राजमार्गको डिभाइडरमा नगरपालिकाले बुद्धमूर्ति प्रतिस्थापन गरेको छ ।

त्यस्तै नगरका भवनको बाहिरी स्वरुपमा बुद्ध कलर, बन्न लागेको प्रशासकीय भवन र सीमाको प्रवेशद्वारमा पनि बुद्धत्व झल्किने गरी डिजाइन गरिएको छ ।

नगरपालिकाले नगरमा पर्यटकीय केन्द्र स्थापनाका लागि अहिले करोडौँको योजना थपेको छ । जस्मध्ये ७ करोडको लागतमा निर्माणको अन्तिम चरणमा पुगेको पर्यटकीय गेट अबको केही दिनमा उद्घाटन हुँदै छ ।

सीमानाका बेलहियादेखि करिब एक किलोमिटर भित्र रहेको डण्डा पुल नजिकै बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको बुद्धत्व झल्कने पर्यटकीय गेट प्रवेशद्वार निर्माण भएको छ ।

नगरपालिकाले बुद्धभूमिमा प्रवेश गरेका हो भन्ने अनुभूति दिनका लागि प्रवेशद्वारसँगै बोटिङ्ग र वनभोज स्थलसहितको दरखस्वा पार्क पनि निर्माणको अन्तिम चरणमा छ ।

प्रवेशद्वार दुई चरणमा गरी ६ करोड ९७ लाख ८४ हजार ७२७ रुपैयाको लागतमा निर्माण भएको छ । पहिलो चरणमा प्रवेशद्वारको मुख्य संरचना दुई करोड ४८ लाख ९१ हजार ६३४ रुपैयाको लागतमा र दोस्रो चरणमा आर्किटेक्चरका कामहरू चार करोड ४८ लाख ९३ हजार ९३ रुपैयामा गर्ने गरी सम्झौता भएको सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ ईन्जिनियर जीवन अर्यालले बताए ।

५ असार २०७५ मा सम्झौता भई निर्माण सुरु भएको प्रवेशद्वारको दोस्रो चरणको काम यही २५ पुसमा सम्पन्न गर्ने गरी एक पटक म्याद थप भएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको र अबको केही दिनमै प्रवेशद्वारको उद्घाटन हुने वरिष्ठ इन्जिनियर अर्यालले बताए ।

नेपालको चिनारीसहितको प्रवेशद्वारमा स्वयम्भूका आँखासहितको हर्मिका गजुर, स्तुपा आकार दर्शाउनका लागि डोम, बुद्धमा १३ वटाको महत्व रहेकोले त्रयोदस भुवन दर्शाउनका लागि १३ वटा रिङ, त्यस्तै १२ वटा बुद्धका मूर्तिहरू प्रवेशद्वारको द्ुवै तर्फ रहेको प्रवेशद्वारका डिजाइनर तथा आर्किटेक सहरी योजनाकार सचिन महर्जनले जानकारी दिए ।

बौद्ध विज्ञहरूको सल्लाहमा चारै दिशामा बुद्धको मूर्ति हुने गरी बीचमा अशोक स्तम्भ, आर्च, स्पायर गजुर, हरियाली जोन, नेपालको राष्ट्रिय झण्डा, बुद्ध झण्डाले प्रवेशद्वार सिंगारिएको छ ।

मुख्य शान्ति प्रवेशद्वार ५० मिटर लम्बाइ, २४ मिटर चौडाइ तथा सडकदेखि ३० मिटर उचाइको छ । बुटवल भैरहवा सडकको चार लेन र सर्भिस लेनलाई विना अवरोध हुने गरी बनाइएको प्रवशेद्वारमा भित्री भागबाट चार लेन सडकको सवारीसाधान आवगमन हुनेछ भने सर्भिस रोडलाई गेटको दुवैतर्फबाट आवगमन हुने गरी निर्माण भएको छ ।

प्रवेशद्वारमा बौद्ध ध्वनि गुन्ज्याएमान हुने भनिए पनि त्यसलाई अहिले हटाइएको छ । प्रवेशद्वारलाई रातिमा आकर्षक बनाउनका लागि आर्कमा वार्म लाइटको प्रयोग भएको छ । शान्ति र शुन्यता जनाउनका लागि गेटमा झ्यालजस्तोे वारपार प्वाल बनाइएको छ ।

सिद्धार्थनगरलाई पर्यटकीय हबका रुपमा विकसित गर्ने गरी भौतिक संरचना निर्माण गरिएको छ । प्रवेशद्वार नेपालकै नमूना तथा अन्तर्राष्ट्रियस्तरमा नयाँ आयाम दिइ विश्वभरि लुम्बिनीको प्रचारप्रसारसँगै लुम्बिनीकाबारे भ्रामक प्रचार हट्ने नगरपालिकाको विश्वास छ ।

वि.सं.२०७८ पुस ७ बुधवार १६:३० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...