back
NMB ad

सरकारी वकिलको कार्यक्रममा प्रधानन्यायाधीश जबरालाई बहिष्कार !

Kumari bank ad

काठमाडौं । सरकारी वकिलहरुको सर्वोच्च संस्था महान्यायाधिवक्ता कार्यालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बहिष्कार गरेको छ ।

हरेक वर्ष आफ्नो स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै आएको महान्यायाधिवक्ता कार्यालयले यसपालि भने प्रधानन्यायाधीश जबरालाई नबोलाएको हो । महान्यायाधिवक्ता कार्यालयले आफ्नो स्थापना दिवसमा बिहीबार कार्की ब्यांकेटमा विशेष समारोहको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।

यसअघिका स्थापना दिवसमा प्रधानन्यायाधीशलाई विशिष्ट अतिथिका रुपमा आमन्त्रण गरिन्थ्यो । तर यसपालि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार तथा सर्वोच्च बार एसोसिएसनको नेतृत्वमा भइरहेको कानुन व्यवसायीको आन्दोलनलाई मध्यनजर गर्दै महान्यायाधिवक्ता कार्यालयले आमन्त्रण नगरेको बुझिएको छ । यद्यपि पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायलाई आमन्त्रण गरिएको छ । उनलाई सम्मान गर्ने तथा स्वागत मन्तव्यसमेत राख्ने कार्यक्रम छ ।

महान्यायाधिवक्ता कार्यालयका एक सहन्यायाधिवक्ताका अनुसार प्रधानन्यायाधीश विवादमा परेको, राजीनामा माग्दै आन्दोलन भइरहेको, जबरालाई कुनै पनि कार्यक्रममा सहभागी नगराउन बारबाट पत्र आएको र सत्ता गठबन्धनले नै निकास (राजीनामा) दिन भनेकाले सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता खम्मबहादुर खातीको निर्देशनमा आमन्त्रण नगरिएको हो ।

प्रधानन्यायाधीश नबोलाइएको कार्यक्रममा आन्दोलनकारी कानुन व्यवसायी भने बोलाइएको छ । आन्दोलनमा रहेका बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई आमन्त्रण गरेर शुभकामना मन्तव्यका लागि पनि समय छुट्याइएको छ ।

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडू, पूर्वमहान्यायाधिवक्ताहरु, सरकारका मुख्यसचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, प्रहरी महानिरीक्षक, उपत्यकाका सरकारी वकिल तथा कर्मचारीलाई आमन्त्रण गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थापना दिवस विशेष बुलेटिन विमोचन तथा पुरस्कार वितरण गर्ने कार्यतालिका छ । देउवाले शुभकामना मन्तव्यसमेत राख्ने छन् ।

वि.सं.२०७८ पुस ७ बुधवार १७:५३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...