back
NMB ad

बैंक तथा वित्तीय संस्थाको निक्षेप पाँच अर्ब घट्यो

Kumari bank ad

काठमाडौं । मंसिर अन्तिममा वृद्धि भएको बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पुस लागेपछि घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब आठ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो साताको तुलामा पाँच अर्ब निक्षेप घटेको हो । गत सातासम्म बैंकहरूमा ४८ खर्ब १३ अर्ब निक्षेप रहेको थियो ।

वाणिज्य बैंकहरूबाट चार अर्ब र विकास बैंक तथा वित्तीय संस्थाहरूबाट एक अर्ब निक्षेप घटेको छ ।

बिहीबारसम्म बाणिज्य बैंकहरूमा कुल ४२ खर्ब ३८ अर्ब, विकास बैंक तथा वित्तीय संस्थाहरूमा पाँच खर्ब ७० अर्ब निक्षेप रहेको छ ।

निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि खुम्चिएको छ । बिहीबारसम्म कुल लगानी एक अर्ब घटेर ४६ खर्ब चार अर्बमा झरेको छ ।

निक्षेप संकलन घटेपछि बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) पनि बढेर ९१ दशमलव २१ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

वि.सं.२०७८ पुस ११ आइतवार ११:२३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...