back
NMB ad

राष्ट्रिय बीमा कम्पनीको सिईओका लागि यी पाँच जना परे सर्टलिस्टमा

Kumari bank ad

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सिईओका लागि परेको आवेदनबाट कम्पनीले पाँच जना छनोट गरेको छ । सिईओका लागि आवेदन दिएका मध्ये कम्पनीले पाँच जनाको नाम प्रकाशन गरेको हो ।

यही पुस ९ गते बसेको पदपूर्ति सिफारिस उपसमितिको बैठकले तोयराज अधिकारी, बुद्धकाजी श्रेष्ठ, राम बहादुर खड्का, सुरेन्द्र थापा र शेयर बरालको नाम सार्वजनीक गरेको हो ।

सिईओका लागि बरिस्मा साउद आचार्य, सुकल्याण पराजुली, सुरेन्द्र थापा, बुद्ध बाजि श्रेष्ठ, शेरजग कार्की, तोय राज अधिकारी, कृष्ण बहादुर कार्की, रमेश लम्साल, मनोज सिंह भण्डारी शेखर बराल, र राम बहादुर खड्काले आवेदन दिएका थिए ।
त्यस्तैगरी सुरेन्द्र थापा, राम बहादुर खड्का, शेखर बराल र सुकल्याण पराजुलीले सिईओमा दाबी गरेका थिए ।

सर्टलिष्टमा परेका तोयराज अधिकारी बेष्ट फाइनान्स पूर्व सिईओ हुन् । दोस्रो नम्ववरमा नाम रहेका बृद्धकाजी श्रेष्ठ युनाईटेड इन्स्योरेन्स कम्पनीमा चौधरी ग्रुपको तर्फबाट सञ्चालक थिए ।

तेस्रो नम्वरमा रहेका खड्का राष्ट्रिय बीमा संस्थानका पूर्व प्रशासक हुन् । उनैका पालामा राष्ट्रिय बीमा कम्पनीको स्थापना भएको थियो । चौथो नम्वरमा रहेको सुरेन्द्र थापा हाल अजोड इन्स्योरेन्स कम्पनीमा डेपुटी सिईओ हुन् ।

त्यसैगरी पाँचौं नम्वरमा रहेका शेखर बराल युनाईटेड इन्स्योरेन्स कम्पनीका पूर्व सिईओ हुन् ।

सर्टलिष्टमा परेकाहरुलाई अर्र्को सूचनामार्फत व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्र्तवार्ताको लागि बोलाइने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ पुस ११ आइतवार १३:२६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...