back
NMB ad

सुजुकीको नयाँ सेलेरियो आउँदै : यस्ता छन् नयाँ फिचर र विशेषताहरु, मूल्य कति ?

Kumari bank ad

काठमाडौं । सुजुकीको नयाँ सेलेरियो गाडी नेपाली बजारमा आउने भएको छ । उक्त गाडी नेपाली बजारमा अब केही दिनमै सार्वजनिक हुने भएको हो ।

सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटर्स कोर्पले बुकिङ गर्न चहानेहरुको लागि प्रि–बुकिङ समेत खुलाएर सुजिकीको नयाँ सेलेरियो ल्याउने तयारी गरेको हो ।

नेपाली बजारमा आउने मिति नतोकिए पनि कम्पनीले यो गाडी २०२१ मोडलको प्रि बुकिङ समेत खुलाएको हो ।

यो गाडी धेरै माइलेज, उत्कृष्ट प्रफमेन्स भएको गाडी हो । सेलेरियो उत्कृष्ट फिचर नै माइलेज हो । हार्टेक्ट प्लेटफर्ममा आधारित नयाँ सेलेरियो नेपालको सबैभन्दा बढी माइलेज दिने कार हुने समेत कम्पनीको दावी छ ।

नयाँ जेनेरेशन सेलेरियोमा १.० लिटर ड्यूलजेट इन्जिन रहेको छ । जसले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ ।

यसले २६.६८ किलोमिटर प्रतिलिटरको उच्च माइलेज दिने र ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ ।

 

यो गाडीको लम्बाई ३६९५ एमएम, चौडाई १६५५ एमएम, उचाई १५५५ एमएम, २४३५ एमएम ह्वीलवेस र १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

यसमा ३१३ लिटर क्षमताको बुट स्पेश र ३२ लिटरको इन्धन ट्याङ्की, अपडेटड हेडल्याम्प, बम्पर र टेलल्याम्प उपलब्ध गराइएको छ ।

यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन लगायतका बिशेषता पनि उपलब्ध छ ।

सुजुकीको नयाँ सेलेरियोको सुरुवाती भेरिएन्टको मूल्य २७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

कार ६ रङ सिल्की सिल्भर, सोलिड फायर रेड, आर्कटिक ह्वाइट, क्याफिन ब्राउन, ग्लिस्टेनिङ ग्रे र स्पीडी ब्लूमा उपलब्ध छ ।

वि.सं.२०७८ पुस १२ सोमवार १२:२० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...