back
NMB ad

विदेशी मुलुकमा नेपाली मौलिक सुनका गहनाको माग बढ्दै, पाँच महिनामा ३३ करोड बढीको निर्यात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा ३३ करोड बढीको सुनका गहना निर्यात भएको छ ।

उक्त अवधिमा ३३ करोड ४१ लाख ३ हजार रुपैयाँ बराबरको सुनका मौलिक गहना निर्यात भएको छ ।भन्सार विभागले हालै सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको पाँच महिनामा ३९ केजी बढी सुनका गहना बाहिरएको विभागले जनाएको छ ।विभागका अनुसार एक महिनाकै अवधिमा सुनको गहना निर्यात ११.८९ प्रतिशतले वृद्धि भएको हो ।

कात्तिक मसान्तसम्म २९ करोड ८५ लाख ७६ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको थियो ।

विभागका अनुसार नेपालीहरुको बसोबास बढी हुने गरेको देशहरुबाट यस्ता खालका गहना माग हुने गरेको छ । नेपालबाट अमेरिका, अष्ट्रेलिया र हङकङमा सुनका मौलिक गहना पुग्ने गरेको छ ।

विभागका अनुसार पछिल्लो समयमा नेपालीहरुको बसोबास बढी भएका मुलुकहरुमा गहना निर्यात हुने गरेको छ । विशेषगरि ति देशहरुमा नेपाली मौलिक गरगहनाको निर्यात भएको हो । नेपालबाट यस्ता खालका गहनाहरु गत आर्थिक वर्षदेखि निर्यात हुन थालेको हो ।

चालु आवको मंसिर मसान्तसम्ममा नेपालबाट सबैभन्दा बढी अमेरिकामा सुनका गहना निर्यात भएको छ । पाँच महिनाको अवधिमा २८ करोड ३८ लाख २९ हजार रुपैयाँ बराबरको ३२ केजी बढी सुनका गहना अमेरिका पुगेको हो ।

यस्तै, हङकङमा भने ४ करोड ३२ लाख २५ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको विभागले जनाएको छ । मंसिर मसान्तसम्म उक्त देशमा ५ केजी बढी सुनका गहना पुगेको हो ।

त्यसैगरि अष्ट्रेलियमा भने ७० लाख ४८ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ । उक्त देशमा ६४६ ग्राम सुनका मौलिक गहना निर्यात भएको विभागले जनाएको छ ।

कात्तिक मसान्तसम्म भने अमेरिकामा २५ करोड ७० लाख ९९ हजार रुपैयाँ बराबरको २९ केजी, हङकङमा ३ करोड ४४ लाख २९ हजार रुपैयाँ बराबरको ४ केजी र हङकङमा ७० लाख ४८ हजार रुपैयाँ बराबरका सुनका गहना निर्यात भएको थियो ।

वि.सं.२०७८ पुस १४ बुधवार १४:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...