काठमाडौं । साताको चौथो कारोबार दिन नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । आज बैंक सबैभन्दा धेरै कारोबार हुने कम्पनीको दोस्रो स्थानमा रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ४७ करोड ७१ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बुधवार बैंकको ३ लाख २६ हजार १३९ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । उक्त दिन बैंकको सेयर मूल्यमा भने झिनो गिरावट देखिएको छ ।
उक्त दिन बैंकको सेयर मूल्य २.०३ प्रतिशत अर्थात प्रतिकित्ता ३० रुपैयाँले घटेको हो । योसंगै बैंकको सेयर मूल्य आज प्रतिकित्ता १ हजार ४५० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ पुस १४ बुधवार १६:०० मा प्रकाशित