काठमाडौं । बुधवार साहस उर्जाको सेयर मूल्यमा झिनो वृद्धि भएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य १.४९ प्रतिशतले वृद्धि भएको हो ।
साताको चौथो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँले वृद्धि भएको हो ।य योसंगै कम्पनीको सेयर मूल्य ५४५ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ८७ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको १६ हजार १७० कित्ता सेयर किनबेच भएको हो ।
वि.सं.२०७८ पुस १४ बुधवार १६:२७ मा प्रकाशित