back
NMB ad

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई बार्षिकोत्सवको उपलक्ष्यमा छुट तथा क्यासब्याक

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङ्ग मार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरु सार्वजनिक गरेको छ ।

बैंकले वार्षिकोत्सवको मौका पारेर आफ्ना ग्राहकहरुलाई पौष १५ गतेबाट माघ १५ सम्म (१महिना)का लागि मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड निशुल्क उपलब्ध गराउने छ ।
यसका साथै, वार्षिकोत्सवकै अवसर ग्राहकहरुलाई थप छुट प्रदानगर्ने उदेश्यका साथ पहिलो पटकको क्यूआर(QR) कारोबार, पस (POS) मेसिन मार्फत गरिने कारोबार तथा इकम(ECOM)कारोबारमा १५ प्रतिशत अथवा रु. ३०० सम्म क्यासब्याक प्रदान गर्ने बैंकले जनाएको छ ।

पौष १७ गते देखि लागु हुने क्यासब्याक योजना सिमित अवधिका लागि रहनेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

वि.सं.२०७८ पुस १४ बुधवार २१:०२ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...