back
NMB ad

‘निसान किक्स’ गाडी २ लाख ५० हजार रुपैयाँ कम मूल्यमा किन्ने मौका !

Kumari bank ad

काठमाडौं । निसान नेपालका लागि आधिकारितक वितरक पायोनियर मोटो कर्पले नयाँ वर्ष विशेष अफर ल्याएको छ ।

कम्पनीले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा निसान विक अफर ल्याएको हो । उक्त अफर जनवरी २ सम्म संचालन हुने कम्पनीले जनाएको छ ।

यो अफर निसानका देशभर रहेका सोरुमहरु सबैमा लागू हुनेछ । उक्त अफर अन्तर्गत नेपाली बजारमा उपलब्ध कम्प्याक्ट एसयूभी किक्स खरिदमा २ लाख ५० हजार सम्मको छुट र स्पट एक्सचेन्ज र भ्यालुएसनको सुविधा पाउन सकिने छ ।

यसका साथै एक वर्षको निःशुल्क बीमा, एक वर्षको निःशुल्क सडक कर, तीन वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टीको सुविधा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार देशभरका निसान सोरुममा टेस्ट ड्राइभ गर्ने ग्राहकमध्ये एक जनालाई लक्की ड्रमार्फत रेडमी १० प्राइम (६/१२८ जीबी) समेत प्रदान गरिने छ ।

कस्तो हो निसान किक्स गाडी ?

नेपाली बजारमा निसानको विभिन्न ५ मोडेलका कारहरु उपलब्ध छन् । जसको २९ लाख रुपैयाँदेखि २ करोड ६० लाख रुपैयाँसम्म मूल्य पर्दछ ।

जसमध्ये निसान किक्स ८ मोडेलमा उपलब्ध रहेका छ । निसान किक्स न्युनतम ४२ लाखदेखि ७३ लाख रुपैयाँसम्म मूल्य पर्दछ ।

यो गाडी १ हजार ३३० सीसीदेखि १ हजार ४९८ सीसी क्षमताका छन् । निसान किक्स एक्सएल (पेट्रोल, १४९८ सीसी) को ४८ लाख ९९ हजार, एक्सभीको ५३ लाख ४९ हजार, एक्सभी टर्वोको ५९ लाख ९९ हजार, एक्सभी प्रिपियम टर्वोको ६३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

यस्तै, एक्सभी प्रिमियम (०) मोनो टर्वोको ६८ लाख ९९ हजार, एक्सभी प्रिमियम(०) डबल टर्वोको ६९ लाख ९९ हजार, एक्सभी सीभीटी टर्वोको ६९ लाख ९९ हजार र निसान किक्स एक्सभी प्रिमियम सीभीटी टर्वोको ७२ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

वि.सं.२०७८ पुस १५ बिहीवार १३:४९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...