back
NMB ad

विद्युतीय सवारीमा बढ्दो क्रेज: साढे २ अर्ब बढीको आयात, एक महिनामै ३३.६१ प्रतिशतले बढ्यो खपत

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा साढे २ अर्ब बढीको विद्युतीय सवारी आयात भएको छ ।

चालु आवको मंसिर महिनामा २ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको हो । भन्सार विभागका अनुसार उक्त अवधिमा विभिन्न तौल क्षमताका ९१३ वटा विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएको हो ।

नेपालमा पछिल्लो विद्युतीय सवारीको प्रयोग बढ्दो क्रममा रहेको छ । एक महिनाको अवधिमा मात्र (कात्तिक मसान्तदेखि मंसिर मसान्तसम्म) विद्युतीय कार, जीप र भ्यान आयात ६७ करोड ४१ लाख ४५ हजार रुपैयाँले बढेको छ । यो कात्तिक मसान्तको तुलनामा ३३.६१ प्रतिशतले बढी हो । कात्तिक मसान्तसम्ममा यस्ता विद्युतीय यातायातका साधन २ अर्ब ५२ लाख ५५ हजार रुपैयाँ बराबरको ६७३ वटा सवारी आयात भएको विभागले जनाएको छ ।

मंसिर मसान्तसम्म १ सय किलोवाटदेखि २ सय किलोवाटसम्मका विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएको हो । यस्ता प्रकारका विद्युतीय सवारी आयातबाट सरकारले ७५ करोड ४१ लाख २६ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ । नेपालमा छिमेकी दुई मुलुक चीन, भारत, अमेरिका, फ्रान्स, कोरिया र जापान लगायतका देशबाट विद्युतीय सावरी साधान आयात हुने गरेको छ ।

उक्त अवधिमा सबैभन्दा बढी चीनबाट आयात भएको छ । उक्त देशबाट मंसिर मसान्तसम्ममा १ अर्ब ८७ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको हो । जसमध्ये १ अर्ब ७१ करोड ८७ लाख ६ हजार रुपैयाँ बराबरको ५६७ वटा (१५० किलोवाट भन्दा बढी र २ सय किलोबाट भन्दा कम तौल क्षमता भएको ) इलेक्ट्रिक कार, जीप र भ्यान रहेका छन् । उक्त अवधिमा चीनबाट १५ करोड ९९ लाख ५४ हजार रुपैयाँ बराबरको १ सय किलोवाट तौल क्षमता भएका ७० वटा इलेक्ट्रिक सवारी आयात भएको हो ।

विभागका अनुसार मंसिर मसान्तसम्ममा भारतबाट भने १८७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको हो । भारतबाट १ सय किलोवाट तौल क्षमतासम्मका ४६ करोड ८२ लाख ३६ हजार रुपैयाँ बराबरको सवारी नेपाल भित्रिएको हो ।

यस्तै, मंसिर मसान्तमा २२ करोड २ लाख ४० हजार रुपैयाँ बराबरका विद्युतीय सवारी आयात भएको छ । विभागका अनुसार कोरियाबाट ६० वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको हो । कोरियाबाट १७ करोड ७४ लाख ६१ हजार रुपैयाँ बराबरको ५० वटा (१ सय किलोवाट तौल क्षमता) र १५० देखि २ सय किलोवाट तौल क्षमता भएको ४ करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको सवारी आयात भएको विभागले जनाएको छ ।

त्यसैगरि चालु आवको मंसिर मसान्तसम्ममा जापानबाट १० करोड ८८ लाख २ हजार रुपैयाँ बराबरका २८ वटा (१५० देखि २ सय किलोवाट बढी तौल क्षमता) र फ्रान्सबाट ३४ लाख ६२ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको हो ।

वि.सं.२०७८ पुस १५ बिहीवार १५:१६ मा प्रकाशित

You can share this post!

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...