back
NMB ad

गोरु जुधाई प्रतियोगिता, रावलको गोरु प्रथम

Kumari bank ad

लमजुङ । लमजुङको सुन्दरबजारमा गोरु जुधाई प्रतियोगिता भएको छ । पुस १५ को अवसरमा जनशक्ति युवा क्लव सुन्दरबजार नगरपालिका-६ र लमजुङ फिजिकल सेन्टरले संयुक्त रुपमा गोरु जुधाई प्रतियोगिता आयोजना भएको हो ।

जनशक्ति युवा क्लबको खेल मैदान सुन्दरबजार ६ खत्रीठाँटीको खेलमैदानमा बिहीबार आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा तनहुँको भानु नगरपालिका(१० दुधेकुनाका कृष्णबहादुर रावलको गोरु प्रथम भएको छ । सुन्दरबजार नगरपालिका(२ परेवाडाँडाका प्रकाश पन्तको गोरु दोस्रो भएको छ ।

प्रतियोगितामा प्रथम हुने गोरु धनीलाई १५ हजार रुपैयाँ र द्वितीय हुने गोरु धनीलाई १० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको आयोजक जनशक्ति युवा क्लबका अध्यक्ष चित्रबहादुर केसीले बताए । गोरु धनीलाई सुन्दरबजार नगरपालिकाका कार्यपालिका सदस्य भवानी केसी, क्लवका अध्यक्ष चित्रबहादुर केसी र फिजिकल सेन्टरका अध्यक्ष विष्णु बहादुर खड्काले संयुक्त रुपमा पुरस्कार वितरण गरे । लमजुङमै सुन्दरबजारमा पहिलो पटक आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा लमजुङ र तनहुँका १२ वटा गोरुलाई सहभागी गराइएको थियो ।

वि.सं.२०७८ पुस १६ शुक्रवार ०८:१४ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...