back

टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी ‘राइज’ : कस्तो छ ग्राउन्ड क्लियरेन्स ? (मूल्य र फिचरसहित )

काठमाडौं । नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट ‘ए एसयूभी राइज’ भित्रिएको छ ।

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले उक्त गाडी नेपालमा सार्वजनिक गरेको हो ।

नेपाली बजारमा कम्याक्ट एसयूभी सेगमेन्टको बढ्दो मागसंगै उत्कृष्ट मोबिलिटी सोलुसनका रुपमा टोयोटा राइज लाइएको हो ।

टायोटा राइज नेपाली बजारमा १.२ लिटर म्यानुअल र अटोमेटिक, १ लिटर टर्बो म्यानुअल र अटोमेटिक गरी चार भेरिएन्टमा उपलब्ध हुनेछ ।

यो कार पावरफुल र निकै विशेषता भएको प्यासेन्जर मानिएको छ । कम्प्याक्ट एसयूभी सेगमेन्टको बढ्दो मागसँगै उत्कृष्ट मोबिलिटी सोलुसनको रुपमा राइज ल्याएको युनाइटेड ट्रेडर्सले जनाएको छ ।
यो गाडी २ सय एमएम ग्राउन्ड क्लियरेन्स, १७ इन्चको टायर, ४.९ मिटरको टर्निङ रेडियस, ३६९ लिटरको स्टोरेज क्षमता बुट स्पेस र फराकिलो सिटिङ लगायतका फिचर रहेको छ ।

यो १७ विभिन्न खालका स्टोरेज स्पेस रहेको छ भने इन्टरटेनमेन्टको लागि एप्पल कारप्ले र एन्ड्रोइड अटो सहितको ७ इन्चको डिस्प्ले दिइएको छ ।

यो गाडीमा रियरभ्यु क्यामेरा, अगाडि र पछाडि दुई–दुई वटा सोनार सेन्सर, एबीएस, भेइकल स्ट्याबिलिटी कन्ट्रोल, हिल असिस्ट कन्ट्रोल लगायतका अत्याधुनिक फिचरहरु रहेका छन् । यो पाँच सिट क्षमताको गाडी हो ।

नेपाली बजारमा यसको मूल्य ६६ लाख देखि ८६ लाख रुपैयाँसम्म निर्धारण भएको कम्पनीले जनाएको छ ।यो विभिन्न पाँच रङ्गमा उपलब्ध रहेको छ ।

वि.सं.२०७८ पुस १६ शुक्रवार १८:०७ मा प्रकाशित

You can share this post!

ADBL
नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध   

नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध   

वि.सं.२०८० जेठ २१ आइतवार १३:५४

काठमाडौँ, २१ जेठ। नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष...

कारोबार खुलेको पहिलो दिनमै आइजीआई प्रुडेन्सियलको सेयरमा सर्किट

कारोबार खुलेको पहिलो दिनमै आइजीआई प्रुडेन्सियलको सेयरमा सर्किट

वि.सं.२०८० जेठ २१ आइतवार १३:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको...

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह   

शैक्षिक सुधारमा कालीकोटका स्थानीय तह   

वि.सं.२०८० जेठ २१ आइतवार १३:३१

मिमबहादुर रावल मान्म, २१ जेठ ।  कालीकोटका स्थानीय तह शैक्षिक...

मौरीपालनमा सफल रामकुमारी   

मौरीपालनमा सफल रामकुमारी   

वि.सं.२०८० जेठ २१ आइतवार १३:२१

डडुवा (म्याग्दी), २१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी...

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

वि.सं.२०८० जेठ २१ आइतवार १३:१५

नवलपुर, २१ जेठ ।  मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको...

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

वि.सं.२०८० जेठ २१ आइतवार १३:०४

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको...