back
NMB ad

यस्ताे छ आजकाे राशीफल: धनुलाई सोचेअनुसार हुँने, मिथुनलाई कष्टैकष्ट

Kumari bank ad
आज  १८ पुस २०७८ । तदनुसार सन् २०२२ जनवरीकाे २ तारिक, आइतबार । पौषकृष्णपक्ष अमावस्या(औशी) तिथि, मुल नक्षत्र, बृद्धि योग, चन्द्रमा धनु राशिमा रहेको छ । विहान सूर्योदय ६ः५७ मा हुनेछ भने सूर्यास्त  १७ः१९ मा हुनेछ । आज विहान कसैसँग पनि बाचतीत नगरी स्नान गर्ने चलन पनि छ । आजका देवता सूर्य हुन भने ग्रहदेव बुध हो। राहुकाल चार बजेर तीन मिनेटबाट सुरु भएर ५ बजेर २१ मिनेटमा सकिने छ । अभिजित मुहूर्त ११ः४७ मा शुरु भएर १२ः२८ मा हुनेछ । राहुकाल भएको समयमा शुभकार्य नगर्नुहोला। औशीको दिन पितृउद्धारको लागि श्राद्र गरिन्छ ।

औशी तिथिमा चन्द्रमा प्रकाशहीन अवस्थामा रहने हुनाले नकारात्मक शक्तिको प्रभाव हुनाले याे समयमा गरेका काम सफल नहुने विश्वास छ । आइतबार सरकारी कामकाज शुरुवात गरियो भने हप्ताभित्र सफल हुनेछ । आर्थिक कारोबारका लागि औंशीको दिन पनि निषेध गरिएको छ । नियमित व्यापार व्यवसायबाहेक अन्य आर्थिक कारोकारको लागि औशीं बार्ने लोकचलन छ । प्रस्तुत छ आजको राशिफल:

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि धनलाभ हुनसक्छ । व्यापार ब्यबसायबाट पनि लाभ हुनेछ । दाम्पत्यजीवनमा साथ, सहयोग र यात्रा गर्दा  सुख मिल्नेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । कसैसँग विवाद हुने काम नगर्नुहोला । आजको दिन नयाँ काम नगर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईलाई आज विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्यलाभ हुनेछ । तपाईलाई शत्रुलेसमेत सम्मान गर्नेछन् । आजको दिन आयभन्दा व्यय बढी हुने भएकाले सोचेर खर्च गर्ने गर्नुहोला । सकारात्मक सोच र नियमित काममा मात्र ध्यान दिनुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन तपाईको मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछ । सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ।  यात्रा गर्न खोज्नु भएको छ भने दिन कष्टकर हुनेछ । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज हरेक कुराका सकारात्मक सोच राखेका काम गर्नु पर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानी हुनेछ । परिवारका सदस्यसँग पनि विवाद हुने कुरा नगर्नुहोला । मौन रहनु उत्तर हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईको लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका पनि व्यवधान आउनसक्छ । नयाँ बस्त्र खरिद गर्दा सुख मिल्नेछ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ । त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । मित्रमण्डलीहरुसँग विवाद हुनसक्छ । त्यसैले आजको दिन सोचविचार गरेर काम गर्नुहोला । देवालय र शिवालयको यात्राले तपाईको मनमा शान्ति हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख समृद्धिप्राप्त हुनेछ । मनमा प्रसन्नता छाउने छ । अर्थलाभ समेत हुनेछ । कसैलाई सापटी दिनुभएको धन समेत प्राप्त हुने योग रहेको छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानीभन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको लागि फाइदा हुनेछ ।  त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

बिहान सूर्य भगवानकाे दर्शन गरेर मात्र दैनिक काम शुरुवात  गरेमा आज तपाईले सोचेजस्तै हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । चन्द्रमाको साथ रहेकाले तपाईले सोचअनुसारको काम हुनेछ । आजको दिन घरका श्रेष्ठ, जेष्ठ व्यक्तिको आशीर्वाद लिएर काम गर्नु वेश हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आज तपाईलाई सामाजिक मानसम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन देवालय यात्राले तपाइँमा समाजिक सेवाभाव जाग्नेछ । सबैको भलो हुने काम गर्दा  परिवार र समाजमा तपाईका लागि आदरभाव बढ्ने छ । मकर राशि भएका ब्यबसायीहरुले घरका श्रेष्ठ आभिभावकलाई नयाँ बस्त्र दिनुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईको मन आज निकै प्रसन्न हुनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन देवालय दर्शनले मनोकाक्षा पुरा हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

स्वास्थ्यमा ख्याल राख्नुहोला । आकस्मिक संकट आउने छ । मनमा त्रास बढेपनि आज देवताको स्मरण गर्दा लाभ हुनेछ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र आफ्नो नियमित कामबाहेक अन्य काममा ध्यान नदिनुहोला । परिवारका श्रेष्ठ सदस्यलाई मिष्ठान भोजन खान दिनुहोला ।

वि.सं.२०७८ पुस १८ आइतवार ०८:३७ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...